नेभिगेशन
समाज

हिंसापीडितको उद्धार र संरक्षणमा अग्रसर आदर्श गृहले आफ्नै भवन बनाउँदै

चितवन । मानव सेवामा क्रियाशील आदर्श गृह नेपालले आफ्नै भवन बनाउन सुरु गरेको छ । हालसम्म एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको उक्त संस्थाले भरतपुर महानगरपालिका–१५ विश्व प्रकाश टोलमा रहेको आफ्नै जग्गामा भवनको बनाउन लागेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हरिहर सन्यास आश्रम, देवघाटका पिठाधीश एवं शन्त समाज नेपालका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख आतिथ्यमा शुक्रबार भवनको शिलन्यास गरिएको छ ।

Ncell
Extreme Energy

त्यस अवसरमा स्वामी ज्ञानानन्द सरस्वतीसँगै प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गोविन्द पुरी, भरतपुर महानगरपालिकाका जनप्रतिनिधि एवं भूमि दाताहरूले संयुक्त रूपमा भवनको शिलन्यास गरेका हुन ।

ज्ञानानन्द सरस्वतीले आदर्श गृह नेपालजस्ता संस्थाहरूले समाजलाई सही दिशामा अघि बढाउन सक्षम हुने विश्वास व्यक्त गर्दै भवन निर्माणको महान अभियानमा सहभागी भई पुण्यको कार्य गर्न सम्पूर्णलाई अनुरोध गरे ।

संस्थाका अध्यक्ष मीना खरेलले संस्थाले विसं २०६६ देखि हिंसा प्रवाहित महिला तथा बालबालिकाहरुको, उत्थान, विकास, अधिकार र संरक्षणमा काम गर्दै आएको बताए ।

हाल हिंसा प्रभावित महिला तथा बालबालिकाका क्षेत्रमा विभिन्न अभियान, अल्पकालीन एवं दीर्घकालीन सेवा, पारिवारिक पुनर्मिलन परामर्श, तालिम, हस्तकलालगायत आयमूलक एवं सेवामूलक कार्य गर्दै आएको उनले बताए ।

हालसम्म संस्थाले एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको, २३४ जना प्रभावितको जिल्ला र पुनरावेदनमा मुद्दा लडेको खरेलले जानकारी दिए । हाल संस्थामा तीन बालकसहित २९ जनाले आश्रय लिइरहेका छन् ।

भूमिदाता तथा सहयोगीबाट सङ्कलित रकमले संस्थाका लागि चार कट्ठा जमिन खरिद गरिएका छ । जसमध्ये एक कट्ठा संस्थापक अध्यक्ष खरेलले र बाँकी विभिन्न दाताहरूबाट सङ्कलित रकमबाट जग्गा खरिद गरिएको संस्थाका सचिव अर्जुन अधिकारीले बताए ।

संस्थाले धान्याञ्चल महायज्ञ गरेर आर्थिक सङ्कलन गरी एक वर्ष छ महिनाभित्रमा भवन सम्पन्न गर्ने लक्ष्य राखेको अधिकारीले बताए । हिंसा प्रभावित महिला र बालबालिकाको आश्रयस्थल बनाउन लागिएकाले दाताहरूको सकारात्मक सहयोग हुने अपेक्षा गरिएको उनले सुनाए ।

कार्यक्रममा भरतपुर महानगरपालिका–१५ का अध्यक्ष श्रीकृष्ण देवकोटा, समाजसेवी उमाशङ्कर अग्रवाल, आदर्श नारी विकास केन्द्रका संस्थापक अध्यक्ष सीता सापकोटालगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विकास निर्माणको कामै ठप्प बनाउने कानुनी झमेलाहरु हटाउँदै सोविता गौतम

विकास निर्माणको कामै ठप्प बनाउने कानुनी झमेलाहरु हटाउँदै सोविता गौतम

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम विकास निर्माणका क्रममा आउने कानुनी झमेला हटाउन नीतिगत सुधारमा जुटेकी छिन् ।
बिजुली व्यापारले रेकर्ड राखेपछि ऊर्जामन्त्री उत्साही, विद्युत उत्पादन अझै बढाउन थाले काम

बिजुली व्यापारले रेकर्ड राखेपछि ऊर्जामन्त्री उत्साही, विद्युत उत्पादन अझै बढाउन थाले काम

नेपालले विद्युत व्यापारमा रेकर्ड कायम गरेपछि सरकार उत्पादन थप बढाउने गृहकार्यमा लागेको छ ।
ढुक्क हुनुहोस्, 'एक पटकको नेपाली, सधैँको नेपाली' हौँ : अर्थमन्त्री वाग्ले

ढुक्क हुनुहोस्, 'एक पटकको नेपाली, सधैँको नेपाली' हौँ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले "एक पटकको नेपाली, सधैँको नेपाली" हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् ।
रोकिएका जिल्लाको अधिवेशन गर्दै रास्वपा

रोकिएका जिल्लाको अधिवेशन गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकी रहेका जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढाएको छ ।