नेभिगेशन
समाज

जेनजी आन्दोलनका क्रममा तोडफोड भएका सिसिटिभी क्यामराहरु मर्मत पश्चात् पनः संचालन

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा तोडफोड भएका विराटनगरको रानीदेखि बुढीगंगासम्मको कोशी राजमार्ग र विराटनगर क्षेत्रमा रहेको सिसिटिभी क्यामराहरु मर्मत सम्भार गरेर पुनः संचालनमा ल्याइने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिसिटिभी मर्मत सम्भारका लागि करिब साढे २४ लाख रुपैयाको लागत खर्च लाग्नेमा युएनभीले साढे १४ लाख रुपैया र मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बाकी १० लाख रुपैया उपलव्ध गराउने भएका छन् ।

Ncell
Extreme Energy

व्यवसायिक सामाजिक उत्तरदायित्व अर्थात सिएसआर अन्तर्गत मर्मत सम्भार हुन लागेको सो कार्यक्रमका लागि जिल्ला प्रहरी कार्यालय मोरङका र युनिभ्यु ब्राण्डको आयातकर्ता प्लाजा सेल्स प्रालिबीच सम्झौता भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले र्सार्वजनिक क्षेत्रको निगरानी प्रणालीका लागि सिसिटिभी क्यामेरा अपरिहार्य रहेको र सुरक्षा व्यवस्था मजबुत बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।

जेनजी आन्दोलनका क्रममा धेरै सिसिटिभी क्यामेरा तोडफोड गरिएको थियो भने केही थान चोरि भएको थियो । विराटनगरको रानी देखि बुढीगंगा गाँउपालिका र विराटनगर क्षेत्रमा १५६ वटा सिसिटिभी क्यामेरा रहेकोमा जेनजी आन्दोलनका क्रममा १ सय २२ वटा क्षतिग्रस्त तुल्याइएको थियो भने हाल ३४ वटा मात्रै संचालनमा रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

महाविधेशनको तयारीसम्बन्धी जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देवराज चालिसेले भने, “यो यसकारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन्...
१५औँ महाधिवेशनलाई ‘नेता चयन’मा सीमित नराखी ‘नीति चयन’ को रूपमा अघि बढाउने प्रयत्न छः कांग्रेस

१५औँ महाधिवेशनलाई ‘नेता चयन’मा सीमित नराखी ‘नीति चयन’ को रूपमा अघि बढाउने प्रयत्न छः कांग्रेस

महाधिवशेनको तयारीबारे जानकारी दिन उद्घाटनस्थल खुल्लामञ्चमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई केवल नेता चयनमा मात्र सीमित नराखी ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न...
कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर

कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण,...
भूगर्भविद्को टोलीद्वारा म्याग्दी पहिरोको अध्ययन सुरु

भूगर्भविद्को टोलीद्वारा म्याग्दी पहिरोको अध्ययन सुरु

टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।...

भर्खरै