नेभिगेशन
मुख्य समाचार

जंगी अड्डा पुगेर प्रधानमन्त्री कार्कीले दिएको तीन निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेर निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छिन् ।
नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेको थियो । साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो ।
प्रधानमन्त्री कार्कीले आन्दोलनपश्‍चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न नेपाली सेनालाई प्राप्‍त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन् ।

निर्वाचनका सन्दर्भमा कार्कीले तीनवटा निर्देशन पनि दिएकी छिन्ः 

CG

१). जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न म निर्देशन दिन्छु।
२). मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन। यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु।
३).जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्नुहोस्।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
म्याग्दीबाट प्रकाश पौडेल निर्विरोध बने एमालेको महाधिवेशन प्रतिनिधि

म्याग्दीबाट प्रकाश पौडेल निर्विरोध बने एमालेको महाधिवेशन प्रतिनिधि

उनलाई ७ मतले मात्रै पराजित गर्दै निर्वाचित भएका डा.सुजन कडरीयाले जेनजी आन्दोलनका क्रममा एमाले केन्द्रीत भएपछि राजिनामा दिएको घोषणा गरेका थिए ।  पौडेल भने निरन्तर एमालेको परिवर्तनको पक्षमा...
उर्जा मन्त्री कुुलमान आफै उपस्थित भएर उज्यालो पार्टीको घोषणा सभा गर्दै

उर्जा मन्त्री कुुलमान आफै उपस्थित भएर उज्यालो पार्टीको घोषणा सभा गर्दै

आफू नागरिक सरकारमै भएका बेला पार्टीमा देखिन नैतिकरुपमा समस्या पर्ने भएपछि उनले पार्टीमा देखिएका थिएनन् । तर मंसिर १७ गते भने कुलमान आफै उपस्थित भएर पार्टी घोषणा सभा...
साताको शेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से

साताको शेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार साताभरि कुल छ करोड २९ लाख ९९ हजार ६०४ कित्ता शेयर रु ३२ अर्ब १७ करोड १३ लाख ३६ हजार १८९ बराबरमा कारोबार भएको...
रास्वपा प्रवेश गर्दै पूर्वएआइजी विश्वराज पोखरेल

रास्वपा प्रवेश गर्दै पूर्वएआइजी विश्वराज पोखरेल

रास्वपाको केन्द्रीय कार्यालय रहेको बनस्थलीस्थित पार्टी कार्यालयमा हुने एक कार्यक्रमकाबीच पोखरेलले पार्टीमा प्रवेश गर्न लागेका हुन् । पोखरेललाई रास्वपाले अनुशासन आयोगमा जिम्मेवारी दिने गरी पार्टीमा भित्र्याउन लागेको रास्वपा...