नेभिगेशन
मुख्य समाचार

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

कालीकोट । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–६ घाटाचौर क्षेत्रमा सुक्खा पहिरो खसेर पुरिएका एक जना कामदारको शव निकालिएको छ ।

बिहीबार बेलुका कर्णाली करिडोरको घाटचौर भिरमा सुक्खा पहिरोमा पुरिएका कामदारको शुक्रबार शव निकालिएको हो । सडक खन्न प्रयोग भइरहेको डोजरका लागि डिजल बोकेर हिँडेका पचालझरना–७ नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए ।

CG

डोजरले चट्टान पन्छाएपछि शुक्रबार दिउँसो निजको शव निकालेर आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । पहिरोसँगै ठूलो चट्टान खसेकाले पुरिएका बोहोरालाई निकाल्न ढिलाइ भएको प्रहरीले जनाएको छ । बिहीबार बेलुका शव निकाल्ने प्रयास गरिए पनि अँध्यारोले सम्भव नभएको स्थानीय टेकबाहादुर बोगटीले बताए ।

कर्णाली करिडोरअन्तर्गत थिर्पु घाटचौरबाट बाजुराको पिलुचौरसम्म नेपाली सेनाको विकास निर्माण कार्यदलले विस्फोटनसहित ११ किलोमिटर सडक निर्माण गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सङ्घ र प्रदेश सरकारबीचको सहकार्य थप मजबुद बनाइनेःगृहमन्त्री अर्याल

सङ्घ र प्रदेश सरकारबीचको सहकार्य थप मजबुद बनाइनेःगृहमन्त्री अर्याल

गृह मन्त्रालयमा शुक्रबार मधेस प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारीसँग भएको भेटमा उनले मधेस प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका हुन । भेटमा...
राखेपद्वारा सदस्य–सचिव घिसिङको विदाई

राखेपद्वारा सदस्य–सचिव घिसिङको विदाई

त्यस्तै ४ वर्षे कार्यकाल पुरा गरेका राखेप बोर्ड सदस्यहरुलाइ समेत विदाई गरिएको थियो । विदाई कार्यक्रममा घिसिङले आफ्नो कार्यकालमा खेल र खेलाडीको बिकासका लागि विधि प्रक्रिया अनुसार काम...
नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा धनगढीमा सुरु(तस्बिरहरु)

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा धनगढीमा सुरु(तस्बिरहरु)

पार्टीले पूर्वनिर्धारित योजना अनुसार शुक्रबार पार्टीको एकता सम्बन्धी सन्देश सभा आयोजना गरेको हो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १० भन्दा बढी वाम घटक मिलेर नेपाली कम्युनिस्ट...
मन्त्री घिसिङद्वारा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण

मन्त्री घिसिङद्वारा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण

बाढीका कारण त्यस क्षेत्रका सडक एवम पुल, खानेपानी, स्वास्थ्य चौकीलगायतका क्षति पुगेको तर पुनर्निर्माण हुन नसकेको गुनासो आएपछि शुक्रबार मन्त्री घिसिङ सडक विभागका महानिर्देशक, स्थानीय पूर्वाधार विकास विभागमा...