नेभिगेशन
समाज

‘मिसन २०२६’ अन्तर्गत राखेपद्वारा खेलाडीलाई प्रशिक्षण सामग्री हस्तान्तरण

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा आयोजना हुन लागेको २०औँ एसियाली खेलकुदका लागि खेलाडीहरूलाई प्रशिक्षण सामग्री (किट) हस्तान्तरण गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वर्णसहित दोहोरो अङ्कको पदक लक्ष्य राखेर अघि बढाइएको ‘मिसन २०२६’ कार्यक्रमअन्तर्गत शुक्रबार यहाँ कभर्ड हलमा आयोजित कार्यक्रममा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले खेलाडीहरूलाई किट हस्तान्तरण गरेका थिए । सदस्य–सचिव घिसिङले खेलाडीहरूलाई आवश्यक प्रशिक्षण सामग्री प्रदान गर्दै आगामी एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाइने बताए ।

Ncell
Extreme Energy

उनका अनुसार खेलकुद संरचना, प्रविधि र वैज्ञानिक प्रशिक्षण प्रणालीलाई सुदृढ गर्दै नेपालले २०२६ को खेल मञ्चमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखिएको बताए । कार्यक्रममा प्रशिक्षक, खेलाडी तथा राखेपका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने, संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक

देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने, संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक

इतरपक्षको महाधिवेशन तयारी समितिको आज चुनदेवीमा बसेको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पेश भएको हो ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।