नेभिगेशन
समाज

ट्रम्पको कठोर कदम : ‘तेस्रो विश्व’का शरणार्थी स्थायी रूपमा रोक्ने घोषणा, कुन कुन देश पर्छन् ?

ह्वाइट हाउस नजिकै बुधबार दुई नेसनल गार्ड्समाथि भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्वका देशका नागरिकलाई अमेरिका प्रवेशमा स्थायी रोक लगाउने घोषणा गरेका छन्। आक्रमणमा एक अफगान शरणार्थी पक्राउ परेपछि ट्रम्पले अध्यागमन नीतिलाई “पूर्ण रूपमा उल्ट्याउने” संकेत गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आक्रमणमा संलग्न भएको आरोपमा २९ वर्षीय अफगान नागरिक रहमानुल्लाह लाकनवाल पक्राउ परेका छन्। उनी सन् २०२१ मा अफगानिस्तानबाट अमेरिका आएका थिए र २०२४ मा शरणार्थी भिसाको लागि आवेदन दिएका थिए, जसलाई अप्रिल २०२५ मा स्वीकृति दिइएको थियो।

Ncell
Extreme Energy

ट्रम्पको कडा प्रतिक्रिया

आक्रमणपछि जारी सन्देशमा राष्ट्रपति ट्रम्पले भने, “तेस्रो विश्वका नाममा अमेरिका भित्रिएको विपद् अब रोकिनेछ। जो देशलाई फाइदा पुर्‍याउँदैन, उनीहरूलाई हामी स्वीकार्दै–स्वीकार्दैनौं।”

ट्रम्पले गैर–नागरिकलाई सरकारी सुविधा उपलब्ध नहुने, देशको सुरक्षामा खतरा उत्पन्न गर्ने वा ‘अमेरिकालाई माया नगर्ने’ व्यक्तिलाई निष्कासन गरिने चेतावनी पनि दिए।

उनले अमेरिकामा बाइडेन प्रशासनका वर्षहरूमा “जाँचबिनबिना दुई करोड विदेशी प्रवेश गरेको” दाबी गर्दै देशको सुरक्षामा यो सबैभन्दा ठूलो चुनौती भएको बताए।

१९ देशका ग्रीन कार्डधारीहरूको पुनःजाँच

ट्रम्प प्रशासनले बिहीबार अफगानिस्तानसहित १९ देशका नागरिकले पाइसकेको स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) पनि पुनः परीक्षण गरिने घोषणा गरेको छ।
यूएससीआईएसका निर्देशक जोसेफ एडलोका अनुसार यी देशहरूलाई २०२५ मा जारी गरिएको ट्रम्पको आदेशले ‘चिन्ताजनक देशहरू’ (Countries of Concern) को रूपमा वर्गीकृत गरेको थियो।

नोभेम्बर २७ देखि लागू भएको नयाँ दिशानिर्देश पुराना र नयाँ सबै अध्यागमन आवेदनमा लागू हुनेछ।

अफगान नागरिकको सम्पूर्ण अध्यागमन प्रक्रिया रोकिने

आरोपित अफगान शरणार्थीको घटनापछि अमेरिकी सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिस (USCIS) ले अफगान नागरिकसँग सम्बन्धित सबै अध्यागमन प्रक्रिया अनिश्चितकालका लागि रोकिएको घोषणा गरेको छ।
एजेन्सीले सुरक्षा जाँच र प्रतीक्षा प्रक्रिया पूर्ण रूपमा पुनर्मूल्यांकन नभएसम्म कुनै पनि अफगान नागरिकको फाइल अघि नबढाइने स्पष्ट पारेको छ।

‘थर्ड वर्ल्ड’ भनेको के ?

ट्रम्पले ‘थर्ड वर्ल्ड’का शरणार्थी रोकिने घोषणा गरे पनि कुन–कुन देश यसमा पर्छन् भन्ने स्पष्टालेख छैन।
शीतयुद्धताका पश्चिमी वा सोभियत गुटमा नपरिएका राष्ट्रलाई ‘थर्ड वर्ल्ड’ भनिन्थ्यो। तर समयसँगै यो शब्द गरिब, पिछडिएका वा विकासशील राष्ट्रको अर्थमा प्रयोग हुन थाल्यो।

हाल संयुक्त राष्ट्रका अनुसार ४४ राष्ट्र ‘सबैभन्दा कम विकसित’ सूचीमा छन्—जसमा ३२ अफ्रिकाका, ८ एसियाली (अफगानिस्तान, नेपालसहित), १ क्यारिबियन र ३ प्रशान्त क्षेत्रका देश छन्।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले ‘थर्ड वर्ल्ड’ शब्दलाई पुरानो र अपमानजनक भन्दै यसको स्थानमा ‘विकासशील देश’ वा ‘ग्लोबल साउथ’ प्रयोग गर्नुपर्ने बताएका छन्।

सुरक्षा सतर्कता उच्च

गोलीकाण्डपछि राष्ट्रपति ट्रम्पले वासिङ्गटन डीसीमा सुरक्षालाई कडा बनाउँदै ५०० अतिरिक्त नेसनल गार्ड्स परिचालन गर्न पेन्टागनलाई निर्देशन दिएका छन्।
अमेरिकी न्याय विभागले यस घटनालाई ‘आतंकवादी आक्रमण’ का रूपमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उच्चले पनि भन्यो– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्नु

उच्चले पनि भन्यो– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्नु

बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको इजलासले थुनामा पठाउन आदेश दिएको हो ।
काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

यसअघि काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु गरिएको थियो। यससँगै हालसम्म कागेश्वरी मनोहरा, शिवसताक्षी, भुम्लु र चौदण्डीगढी गरी चार स्थानीय तहबाट स्थानीय स्तरमै...
रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

सो पार्टीका सभापति रवि लामिछाने तीनपटक चितवन जिल्लाबाट भारी मतका साथ निर्वाचित हुँदै आएका छन्। पार्टीका संस्थापक सभापति लामिछानेको चितवन गृहजिल्ला भने होइन । तर निर्वाचनका हिसाबले सभापति...
यस कारण महत्त्वपूर्ण छ रास्वपाको चितवन महाधिवेशन

यस कारण महत्त्वपूर्ण छ रास्वपाको चितवन महाधिवेशन

रवि र रास्वपाको जीवनमा चितवनको बेग्लै महत्व छ, बेग्लै सम्बन्ध छ । रवि संकटमा पर्दा चितवनले उनलाई साथ दिइरहेको छ । चितवनका जनता रविप्रति यति ‘क्रेजी’ छन् कि...