नेभिगेशन
समाज

हिन्दू राज्य र राजसंस्थाको विषयमा समेत प्रधानमन्त्रीसँग वार्ताको तयारी हुँदै छः दुर्गा प्रसाईँ

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ताको तयारी भैरहेको दाबी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार भक्तपुरस्थित निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रसाईले शुक्रबार गृहमन्त्रीसँग भएको भेटका क्रममा आफ्ना मागका बारेमा स्पष्ट रुपमा जानकारी गराएको उल्लेख गर्दै अब छिटै प्रधानमन्त्रीसंग वार्ता गर्ने तय भएको बताएका हुन् । उनले अभियानले अघि सारेका मागहरु आफ्नो व्यक्तिगत नभइ जनताको माग भएकाले सरकारले गम्भीर रुपमा लिएको उल्लेख गरेका थिए । 

Ncell
Extreme Energy

प्रसाईंले साना तथा ठूला व्यवसायीलाई बैंकको कालोसूचीबाट हटाउनुपर्ने, भूमिहीन सुकुम्बासी र कवाड व्यवसायीहरूलाई दीर्घकालीन विकल्प नदिएसम्म डोजर चलाउन नपाइने, सेना, प्रहरी, जवान र निजामती कर्मचारीको तलव बृद्धि गर्नुपर्ने, हिन्दू अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाको विषयमा जनमत संग्रह गर्नुपर्ने लगाएतका मागबारे स्पष्ट रुपमा सरकारलाई जानकारी गराएको बताए । 

उनले आफुहरुको माग पुरा नभए फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुनै नसक्ने दावी गरे ।  प्रसाईंले आफुहरु आन्दोलनबाट नभागेको भन्दै सरकारले आफ्ना मागहरुप्रति गम्भीरता नदेखाए सशक्त आन्दोलनको बाटो रोज्नुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने, संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक

देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने, संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक

इतरपक्षको महाधिवेशन तयारी समितिको आज चुनदेवीमा बसेको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पेश भएको हो ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।