नेभिगेशन
मुख्य समाचार
एनपीएल- २

लुम्बिनी लायन्सको दोस्रो जित, पोखरा एभेन्जर्स ३ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले दोस्रो जित दर्ता गर्दै प्रतियोगितामा पुनरागमन गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो।

पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा ७ विकेट गुमाइ पूरा गर्‍यो। अन्तिम ओभरमा १० रन आवश्यक परेको अवस्थामा सन्दीप जोराले लगातार दुई चौका प्रहार गर्दै नाटकीय जित दिलाए।

CG

लगातार तीन हारको दबाबमा रहेको लुम्बिनीका लागि यो जित राहतपूर्ण भयो। पाँच खेलबाट ४ अंक जोड्दै लुम्बिनी अंकतालिकामा पाँचौँ स्थानमा उक्लिएको छ।

ब्याटिङतर्फ कप्तान रोहित पौडेलले ४० रनको योगदान दिए। एनपीएलमा डेब्यु गरेका श्रीलंकन खेलाडी निरोशन डिकवेलाले ३७ रन जोडे। सन्दीप जौरा २५ रनमा अविजित रहे।

पोखराका बिपिन खत्री, म्याट टेलर र सागर ढकालले समान दुई–दुई विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ५ विकेट गुमाउँदै १५० रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो। ओपनर एडम रोसिङ्गटनले ६३ बलमा ७ चौका र ५ छक्का सहित ८१ रन बनाए। जिमी नीशमले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५१ रन जोडे। दुवैले पाँचौँ विकेटका लागि ९२ रनको साझेदारी गर्दै पोखराको पारी सम्हाले।

लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए भने गुलबादिन नइबले एक विकेट हात पारे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नैतिकताको कसीमा केपी ओली

नैतिकताको कसीमा केपी ओली

प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु

आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाईले यस विषयमा काम गरिरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । एकाइले पत्ता लगाएका कूल...
बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । “समयक्रमसँगै कांग्रेस...
नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको...