नेभिगेशन
समाज
एनपीएल- २

लुम्बिनी लायन्सको दोस्रो जित, पोखरा एभेन्जर्स ३ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले दोस्रो जित दर्ता गर्दै प्रतियोगितामा पुनरागमन गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा ७ विकेट गुमाइ पूरा गर्‍यो। अन्तिम ओभरमा १० रन आवश्यक परेको अवस्थामा सन्दीप जोराले लगातार दुई चौका प्रहार गर्दै नाटकीय जित दिलाए।

Ncell
Extreme Energy

लगातार तीन हारको दबाबमा रहेको लुम्बिनीका लागि यो जित राहतपूर्ण भयो। पाँच खेलबाट ४ अंक जोड्दै लुम्बिनी अंकतालिकामा पाँचौँ स्थानमा उक्लिएको छ।

ब्याटिङतर्फ कप्तान रोहित पौडेलले ४० रनको योगदान दिए। एनपीएलमा डेब्यु गरेका श्रीलंकन खेलाडी निरोशन डिकवेलाले ३७ रन जोडे। सन्दीप जौरा २५ रनमा अविजित रहे।

पोखराका बिपिन खत्री, म्याट टेलर र सागर ढकालले समान दुई–दुई विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ५ विकेट गुमाउँदै १५० रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो। ओपनर एडम रोसिङ्गटनले ६३ बलमा ७ चौका र ५ छक्का सहित ८१ रन बनाए। जिमी नीशमले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५१ रन जोडे। दुवैले पाँचौँ विकेटका लागि ९२ रनको साझेदारी गर्दै पोखराको पारी सम्हाले।

लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए भने गुलबादिन नइबले एक विकेट हात पारे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण उक्त सडकखण्डमा क्षति पुगेको थियो । त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको...
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।