नेभिगेशन
समाज

हेटौंडामा मेरो बुलन्द आवाज जुनियर सिजन–१ हुँदै

मकवानपुर । हेटौंडामा मेरो बुलन्द आवाज जुनियर सिजन–१ हुने भएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै मनको कुरा मञ्चसम्म भन्ने मूल नारा सहित मेरो बुलन्द आवाज जुनियर सिजन–१ पब्लिक स्पिकिङ कार्यक्रम हुन लागेको हो । पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडा र ड्रिम्स म्युजिक स्कुल हेटौँडाको साझा प्रयासमा सिजन–१ हुन लागेको पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडाका  प्रमुख रुपक कालिराजले जानकारी दिएका छन् । 

मकवानपुर जिल्लामा पहिलो पटक पब्लिक स्पिकिङ रियालिटी शो आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा हर्षित भएको उनको भनाई छ । जिल्लाभरीका विद्यार्र्थीहरूलाई आत्म–विश्वास, अभिव्यक्ति क्षमता, वक्तृत्वकला र नेतृत्वगुण विकासमा सहयोग पुर्याउने उद्देश्यले कक्षा ६ देखि १० सम्ममा विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयहरुमै पुगेर छनौट गरिने बताईएको छ । 

CG

कार्यक्रमका निर्देशक अनन्त खुलालका अनुसार मेघा अडिसनका लागि स्टुडियोको निर्माण अन्तिम चरणमा पुगिसकेको र प्रि—अडिसन २०८२ मंसिर १५ गतेदेखि शुरु हुने जानकारी दिएका छन् ।आयोजकका अनुसार सिजन १ का लागि निर्णायकको रुपमा लामो समय खोजपत्रकारितामा सकृय देवराज पन्त रहेका छन् । आमसञ्चार विषयमा मास्टर्स डिग्री गरेका उनी हाल सिधाकुरा डटकममा आवद्ध रहेका छन् । 

त्यस्तै, निर्णायकमा आधुनिक राष्ट्रिय माविका सह—प्रधानाध्यापक तथा अङ्ग्रेजी विषय शिक्षिका मालती पोखरेल, तुलसी मेयर मोमोरियल माविका सहायक प्रिन्सीपल तथा नेपाली भाषा शिक्षक पूर्व रेडियोकर्मी कमल नेपाल रहेका छन् । मेघा अडिसनमा अतिथि निर्णायकहरु समेत रहने आयोजकले जनाएको छ । 
जुनियर सिजन १ का विजेतामा प्रथम् हुनेले नगद ५० हजार, शिल्ड प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार र तेश्रो हुनेले नगद २० हजारसहित शिल्ड, प्रमाणपत्र प्राप्त गर्नेछन् । जुनियर सिजन–१ कार्यक्रम सम्पन्न गर्न करीब १० लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रवेश शुल्क निशुल्क रहेको अडिसनमा करिब ५ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

क्षेत्र नं ४ मा पूर्वमन्त्रीहरूको बाक्लो उपस्थितिले यस क्षेत्रलाई सबैको चासोको केन्द्र बनाएको छ । सिरहा निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव...
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो...
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...

भर्खरै