नेभिगेशन
विदेशका कुरा

अस्ट्रेलियाका प्रधानमन्त्री ६२ वर्षीय अल्बानिजले गरे गोप्य विवाह

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज शनिबार राष्ट्रिय राजधानी क्यानबेरास्थित आफ्नै आधिकारिक निवास ‘द लज’ मा अत्यन्त गोप्य र आत्मीय वातावरणमा आफ्नी प्रिय पार्टनर जोडी हेडनसँग विवाह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्ट्रेलियाको सङ्घीय सरकार गठन भएको १२४ वर्षको इतिहासमा कार्यरत प्रधानमन्त्रीको हैसियतमै विवाह गर्ने अल्बानिज पहिलो नेता हुन् ।

Extreme Energy

दिउँसो द लजको हरियाली मैदानमा सम्पन्न उक्त समारोहमा केही क्याबिनेट मन्त्रीहरूसहित करिब ६० जना विशिष्ट पाहुना उपस्थित रहेका थिए । नागरिक सेलिब्रेन्टद्वारा सम्पन्न विवाह समारोह प्रायः गोप्य राखिएको थियो र घटना सम्पन्न नहुँदासम्म कुनै पनि मिडिया संस्थालाई जानकारी दिइएको थिएन ।

दम्पतीले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रो परिवार तथा निकटतम प्रियजनहरूको सामुन्ने हाम्रो प्रेम, प्रतिबद्धता र भविष्यको संयुक्त जीवनलाई साझा गर्न पाउँदा अनन्त खुशी छौँ। ” दुवैले आफ्ना प्रतिज्ञास्वरूपका शब्दहरू स्वयं लेख्नुभएको थियो । साथै, उहाँहरूको कुकुर ‘टोटो’ औँठी वाहकको भूमिकामा आकर्षक रूपमा प्रस्तुत भएको र जोडी हेडनकी पाँच वर्षीय भतिजी एला फूलको माला लगाएर सहभागी भएकी उल्लेख गरिएको छ ।

६२ वर्षीय अल्बानिज पहिले वैवाहिक सम्बन्धविच्छेद भोगिसकेका व्यक्ति हुन् ।र उनका एक वयस्क छोरा छन् । गत वर्ष भ्यालेन्टाइन डेका दिन उनले द लजमै ४६ वर्षीय हेडनलाई विवाहको प्रस्ताव राखेका थिए ।

अन्ततः बिहीबार संसद्को कार्यकाल समाप्त भएको दुई दिनपछि दम्पतीले शान्त, सानो तर भावनात्मक समारोहमार्फत वैवाहिक जीवन प्रारम्भ गरेका हुन् । फाइनान्स क्षेत्रमा कार्यरत हेडनले सन् २०२० मा मेलबर्नमा आयोजित एक व्यापारिक रात्रिभोजमा पहिलोपटक अल्बानिजलाई भेटेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो । ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमै भेट्टायो ।
एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

शुभकामना सन्देशमा सभापति लामिछानेले भनेका छन्– ‘यो सफलता नेपाली खेलकुदमा हाम्रो शक्ति र सम्भावनाको बलियो उदाहरण हो। यो सफलताले  एउटै कुरा भन्छ की हामी सक्छौं।’