नेभिगेशन
सबै कुरा

उड्न लागेको नेपाल एअरलाइन्सको जहाजमा ब्याट्रीको समस्या, यात्रु अलपत्र

 मुगु : नेपाल एयरलाइन्सको जहाज ब्याट्रीको अभावले रारा विमानस्थल ताल्चामा थन्किएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतवार बिहान ११ बजे नेपालगंजबाट ३ जना यात्रु बोकेर मुगुको रारा विमानस्थल ताल्चा पुगेको नेपाल एअरलाइन्सको 9N-ABU कल साइन भएको जहाज ब्याट्रीमा समस्या भएका कारण उडान भर्न नसकेको हो ।

Ncell
Extreme Energy

मुगुबाट १३  जना यात्रु लिएर नेपालगंज उडान भर्न लाग्दा जहाजको ब्याट्रीमा समस्या देखिँदा जहाज ताल्चाामै रोकिएको हो । 

जहाजमा समस्या आएपछि तत्कालै तारा एयरलाइन्सको जहाजमार्फत नेपालगंजबाट इन्जिनियर झिकाएर चेकजाँच गर्दा जहाजको ब्याट्रीमा समस्या भएको पत्ता लागेको रारा विमानस्थल ताल्चाले बताएको छ  । 

त्यस्तै जहाजको ब्याट्री नेपालगंजबाट ल्याउनुपर्ने भएपछि सोमबार मात्र जहाजको समस्या समाधान हुने र १३ यात्रु लिएर उक्त जहाज नेपालगंज जाने नेपाल एयरलाइन्सका रारा विमानस्थल प्रतिनिधि क्षेत्र भामले जानकारी दिए  ।

एक्कासी जहाजमा समस्या देखिएपछि यात्रुहरु अलपत्र परेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेतृत्वको बलपूर्वक विस्थापनका निम्ति बाह्य रुपमा गरिएका प्रहार, हमला र नियन्त्रणलाई पार्टी केन्द्रीय कमिटी र महाधिवेशनका निर्णयले संस्थागत रुपमा निस्तेज गरिसकेको सन्दर्भमा...
ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यदलको प्रतिवेदनमार्फत पुनर्गठनको बहसमार्फत पार्टीलाई विवाद र अन्तरध्वंश तर्फ धकेल्न खोजिएको बताएका छन् ।
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।