नेभिगेशन
सबै कुरा

उड्न लागेको नेपाल एअरलाइन्सको जहाजमा ब्याट्रीको समस्या, यात्रु अलपत्र

 मुगु : नेपाल एयरलाइन्सको जहाज ब्याट्रीको अभावले रारा विमानस्थल ताल्चामा थन्किएको छ । 

आइतवार बिहान ११ बजे नेपालगंजबाट ३ जना यात्रु बोकेर मुगुको रारा विमानस्थल ताल्चा पुगेको नेपाल एअरलाइन्सको 9N-ABU कल साइन भएको जहाज ब्याट्रीमा समस्या भएका कारण उडान भर्न नसकेको हो ।

मुगुबाट १३  जना यात्रु लिएर नेपालगंज उडान भर्न लाग्दा जहाजको ब्याट्रीमा समस्या देखिँदा जहाज ताल्चाामै रोकिएको हो । 

जहाजमा समस्या आएपछि तत्कालै तारा एयरलाइन्सको जहाजमार्फत नेपालगंजबाट इन्जिनियर झिकाएर चेकजाँच गर्दा जहाजको ब्याट्रीमा समस्या भएको पत्ता लागेको रारा विमानस्थल ताल्चाले बताएको छ  । 

त्यस्तै जहाजको ब्याट्री नेपालगंजबाट ल्याउनुपर्ने भएपछि सोमबार मात्र जहाजको समस्या समाधान हुने र १३ यात्रु लिएर उक्त जहाज नेपालगंज जाने नेपाल एयरलाइन्सका रारा विमानस्थल प्रतिनिधि क्षेत्र भामले जानकारी दिए  ।

एक्कासी जहाजमा समस्या देखिएपछि यात्रुहरु अलपत्र परेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२२ वर्षअघि बाबुले सुरु गरेको सागसब्जी उत्पादनलाई छोराको निरन्तरता, मासिक दुई लाख आम्दानी

२२ वर्षअघि बाबुले सुरु गरेको सागसब्जी उत्पादनलाई छोराको निरन्तरता, मासिक दुई लाख आम्दानी

कैलालीको जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो । बाइस वर्षअघि उनका पिताले थालेको सागसब्जी खेतीलाई उनले व्यावसायिक रूपमा अघि बढाएका छन् ।
रसुवाको बाढी पावरहाउसमै छिर्यो, २५० मेगावाट विद्युत् उत्पादन बन्द (तस्बिरहरु)

रसुवाको बाढी पावरहाउसमै छिर्यो, २५० मेगावाट विद्युत् उत्पादन बन्द (तस्बिरहरु)

नेपाल चीन नाका क्षेत्रको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको...
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल)...
कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । त्यो क्रम रोकिएको छैन । अवरुद्ध सडक खोल्न  प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर  ...