नेभिगेशन
समाज

बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेतृत्वको बलपूर्वक विस्थापनका निम्ति बाह्य रुपमा गरिएका प्रहार, हमला र नियन्त्रणलाई पार्टी केन्द्रीय कमिटी र महाधिवेशनका निर्णयले संस्थागत रुपमा निस्तेज गरिसकेको सन्दर्भमा पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग मात्रै भएको बताएका छन् । कार्यदलका तर्फबाट छुुट्टै प्रतिवेदन लेख्दै यसको हेक्का पार्टीको उच्च राजनीतिक नेतृत्वदायी जिम्मेवारीमा रहेका नेताहरूबाट हुन नसक्नु दुखद् पक्ष भएको उनको टिप्पणी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘पार्टीको पुनर्गठन नीतिहीनता, केन्द्रविहीनता, साँठगाँठ÷विचलन रपलायनको स्थितिमा आवश्यक बन्न पुग्छ। आजको समस्या मूल नेतृत्वको पलायन वा पार्टीमा सही नीति र केन्द्रविहीनता सिर्जनाको अवस्था किमार्थ होइन। २००९ सालमा महोत्तरीको बट्टेश्वरमा कमरेड पुष्पलाललाई पोलिटब्युरोको बहुमतबाट हटाएर नयाँ महासचिव छान्ने निर्णयको मूल्य सिंगो कम्युनिष्ट आन्दोलनले लामोसमयसम्म व्यहोर्नु परेको इतिहास साक्षी छ,’ उनले भनेका छन्। उनले २०१७ सालमा पार्टीको मूल नेतृत्वले राजासँग साँठगाँठ गरेर पुस १ गतेको ‘कू’को समर्थन गरेकाले त्यसविरुद्ध दरभंगा प्लेनमको निर्णयपछि पनि तेस्रो महाधिवेशन आयोजनातर्फ ध्यानै नदिएका कारण अन्तरजोनल सामन्जस्य समिति गठन गरी पार्टी पुनर्गठन गर्नु परेको पनि स्मरण गरेका छन्।

Ncell
Extreme Energy

‘तेस्रो महाधिवेशन त्यसैको सफल आयोजनाको दृष्टान्त हो । दोस्रो २०२२ सालपछि पूर्ण रुपमा छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई २०२७–२८ सालमा नयाँ विचार, नयाँ संगठन र नयाँ आन्दोलनका साथ पुनर्गठन गरी २०२८ को झापा विद्रोह, को–अर्डिनेशन केन्द्रको गठन र नेकपा (माले) को स्थापना हुँदै नेकपा (एमाले) विकास भएको हो,’ उनले भनेका छन् ।

आजको परिवेश नितान्त भिन्न रहेको भन्दै पार्टीको मुख्य नेतृत्वले प्रतिक्रियावादी वा विदेशीका सामु घुँडा टेकेको, अनुचित र गलत साँठगाँठ गरेको, पार्टी महाधिवेशनको भावना र मर्मविपरित काम गरेको, पार्टीको सफल सञ्चालन गर्न नसकेको, पार्टीको आधारभूत हित र चरित्र जगेर्ना गर्न नसकेको, देशभक्ति, सामाजिक न्याय र जनजीविकाको पक्षमा काम नगरेको वा सैद्धान्तिक, वैचारिक, नीतिगत र कार्यक्रमिक कुनै हिसाबले पनि नेतृत्व गर्न असफल र विस्थापनयोग्य रहेको भन्ने कुनै आधार नरहेको उनको स्पष्टोक्ति छ । 

‘दुनियाँभरि जनपक्षीय आन्दोलनका विरुद्ध अनेकन षड्यन्त्रहरू हुँदै आएका छन्। चिलीमा राष्ट्रपति साल्भाडोर एलेण्डे, कंगोमा प्रधानमन्त्री प्याट्रिस लुमुम्बा र भेनेजुयलामा राष्ट्रपति मदुरो लगायत विरुद्धका हमलालाई हामीले विर्सन सक्दैनौं। नेपालमा भदौ २४ गते राजीनामा दिइसकेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैनिक नियन्त्रणमा राखिने घटनाका पछाडि भूराजनीतिक स्वार्थ प्रतिविम्वित छैन भन्न मिल्दैन। नेतृत्वको बलपूर्वक विस्थापनका निम्ति बाह्य रुपमा गरिएका प्रहार, हमला र नियन्त्रणलाई पार्टी केन्द्रीय कमिटी र महाधिवेशनका निर्णयले संस्थागत रुपमा निस्तेज गरिसकेको सन्दर्भमा पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग मात्रै ठहर्छ। यसको हेक्का पार्टीकोउच्च राजनीतिक नेतृत्वदायी जिम्मेवारीमा रहनुभएका नेताहरूबाट हुन नसक्नु दुखद पक्ष हो,’ उनको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीले चार उद्योगी–व्यवसायीसँग किन गरिरहेका छन् छलफल ?

प्रधानमन्त्रीले चार उद्योगी–व्यवसायीसँग किन गरिरहेका छन् छलफल ?

प्रधानमन्त्री बालेन शाहले चार जना उद्योगी–व्यवसायीसँग शुक्रबार छलफल गरेका छन् ।
ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यदलको प्रतिवेदनमार्फत पुनर्गठनको बहसमार्फत पार्टीलाई विवाद र अन्तरध्वंश तर्फ धकेल्न खोजिएको बताएका छन् ।
सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख १ हजार...
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।