नेभिगेशन
समाज

ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यदलको प्रतिवेदनमार्फत पुनर्गठनको बहसमार्फत पार्टीलाई विवाद र अन्तरध्वंसतर्फ धकेल्न खोजिएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुनर्गठन कार्यदलको संयोजकसमेत रहेका बादलले अध्यक्षलाई पदबाट विस्थापन गर्ने चर्चा, परिचर्चा र प्रचारबाजी व्यापकरुपमा हुनुले पार्टीपंक्ति र जनमानसमा भ्रम सिर्जना भएको बताएका हुन्।

Ncell
Extreme Energy

‘कार्यदलको गठनसँगै पुनर्गठन भनेको अध्यक्षलाई पदबाट विस्थापन गर्ने चर्चा, परिचर्चा र प्रचारबाजी व्यापकरुपमा हुनुले पार्टीपंक्ति र जनमानसमा भ्रम सिर्जना भएको छ। यसलाई तोड्न र स्पष्ट पार्न जरुरी छ। पुनर्गठनको यसप्रकारको विश्लेषण सही र वस्तुपरक होइन। यसले पार्टीलाई विवाद र अन्र्तध्वसंतर्फ धकेल्ने तथा बैमौसमको बाजाको रुपमा मूल नेतृत्व परिवर्तनको अनावश्यक बहस उछालेर विवाद र अन्योलमा धकेल्ने काम गर्दछ। यसबारेमा पार्टीपंक्तिलाई स्पष्ट बनाउनु आवश्यक रहेको छ,’ उनले भनेका छन्।

बादलले प्रतिवेदनमार्फत भदौ २३ र २४ को घटनाको सह–उत्पादनका रुपमा फागुन २१ को निर्वाचन आयोजना गरिएको तथ्यलाई हेक्का राख्नुपर्ने बताएका छन् ।

तर पनुर्गठन सुझाव कार्यदलका सदस्य एवम् महासचिव शंकर पोखरेलले तयार पारेको मस्यौदामा फागुन २१ को निर्वाचनलाई एउटा छुट्टै र स्वतन्त्र घटनाका रुपमा विश्लेषण गरी त्यसमा पराजयको जिम्मेवार अध्यक्ष केपी शर्मा ओलीलाई बनाउन खोजिएको बताएका छन्।

‘लोकतन्त्र विरोधि हमलावारहरुको त कुरै छोडौ आन्तरिक समीक्षाको नाममा पनि संस्थागत रुपमा नभएर असान्दर्भिक ढंगले व्यक्तिगत रुपमा पार्टी अध्यक्षलाई मात्र गराउने अभिप्राय पाइन्छ,’ उनले भनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीले चार उद्योगी–व्यवसायीसँग किन गरिरहेका छन् छलफल ?

प्रधानमन्त्रीले चार उद्योगी–व्यवसायीसँग किन गरिरहेका छन् छलफल ?

प्रधानमन्त्री बालेन शाहले चार जना उद्योगी–व्यवसायीसँग शुक्रबार छलफल गरेका छन् ।
सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख १ हजार...
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।
गाडीमा आगलागी हुँदा चालकको मृत्यु

गाडीमा आगलागी हुँदा चालकको मृत्यु

भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कार (इभी)मा आगलागी हुँदा चालकको मृत्यु भएको छ ।