नेभिगेशन
मुख्य समाचार

एसिसी यू–१९ प्रिमियर कपः  युएईद्वारा नेपालसामु १४८ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपालले १४८ रनको लक्ष्य पाएको छ ।

अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक युएई ४५.५ ओभरमा १४७ रनमा अलआउट भयो । जसमा अहमद खुदादादले सर्वाधिक ७१ रन जोडे । नेपालका दयानन्द मण्डलले छ, अपराजित पौडलले दुई, कप्तान अशोक धामी र नितेसकुमार पटेलले एक/एक विकेट लिए ।

CG

नेपाल र युएई  एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ । तेस्रो स्थानका लागि सोमबार नै मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । “समयक्रमसँगै कांग्रेस...
नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको...
बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका सिसीटिभी क्यामेरा फुटाएका छन् भने फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन चोरेर लगेका छन् ।
तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत  (तस्बिरहरु)

तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत (तस्बिरहरु)

आयोजना अन्तर्गतका महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको...