नेभिगेशन
समाज

एसिसी यू–१९ प्रिमियर कपः  युएईद्वारा नेपालसामु १४८ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपालले १४८ रनको लक्ष्य पाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक युएई ४५.५ ओभरमा १४७ रनमा अलआउट भयो । जसमा अहमद खुदादादले सर्वाधिक ७१ रन जोडे । नेपालका दयानन्द मण्डलले छ, अपराजित पौडलले दुई, कप्तान अशोक धामी र नितेसकुमार पटेलले एक/एक विकेट लिए ।

Ncell
Extreme Energy

नेपाल र युएई  एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ । तेस्रो स्थानका लागि सोमबार नै मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

सरकारले गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्थासहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ।
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी...
६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध  बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।