नेभिगेशन
समाज

विराटनगर दुग्ध वितरण आयोजनाद्वारा पुनः पाउडर दुध उत्पादन सुरु

काठमाडौँ । विराटनगरमा दुध संकलन भएसँगै स्थिर आपूर्ति व्यवस्थापनका उद्देश्यका साथ विराटनगर दुग्ध वितरण आयोजनाले पुनः पाउडर दुध उत्पादन सुरु गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्व क्षेत्रका कृषकबाट दैनिक करिब १२ हजार लिटर दुध संकलन हुने तर बजारमा दैनिक ४ हजार लिटर दुध तथा दुग्धजन्य पदार्थ मात्र बिक्री हुने अवस्थामा दुधको उपयोगका लागि पुनः पाउडर दुध उत्पादन सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाले काठमाडौँस्थित मनराम हिमालयन ह्याण्डिक्राफ्ट प्रालिलाई करिब १ हजार किलो अर्ध–तयारी कच्चा चीज वितरण हुँदै आएकोमा कम्पनीको बैंक ग्यारेन्टी म्याद सकिएपछि हालका लागि सो सामग्री वितरण रोकिएको जनाएको छ ।

Ncell
Extreme Energy

नयाँ सम्झौता प्रक्रियामा केही समय लाग्ने भएकाले सङ्कलित दुध नष्ट हुन नदिई पाउडर दुध उत्पादनतर्फ फर्कनु परेको आयोजनाका निमित्त प्रमुख हिर बहादुर मगरले बताए । अहिले तीन–चार दिनको अन्तरालमा एक पटक पाउडर दुध उत्पादन भइरहेको उनले जानकारी दिए । विराटनगर दुग्ध वितरण आयोजनामा हाल करिब ९८ मेट्रिक टन मक्खन र १०७ मेट्रिक टन पाउडर दुध मौज्दात रहेको छ ।

दुध संकलन वृद्धि, उत्पादन विविधीकरण र मौज्दात व्यवस्थापनमार्फत कृषकको दुध सुनिश्चितरूपमा उपयोग हुने वातावरण बन्न थालेको आयोजनाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माइतीघरमा गोलभेंडा आन्दोलन

माइतीघरमा गोलभेंडा आन्दोलन

उत्पादनको उचित मूल्य नपाएको भन्दै काठमाडौँ आसपासका तरकारी उत्पादक किसानले माइतीघर मण्डलमा आज गोलभेंडा (टमाटर) सडकमै फालेर विरोध जनाएका छन् ।
सभामुखले सांसदहरूलाई दिए १५ दिने होमवर्क (पूर्णपाठ)

सभामुखले सांसदहरूलाई दिए १५ दिने होमवर्क (पूर्णपाठ)

हामी आर्थिक वर्ष २०८२–८३ को करिब अन्त्यमा आईपुगेका छौं । चालु आर्थिक वर्षमा जारी भएका राज्यका नीति तथा सम्पादन भएका कार्यक्रम, तर्जुमा गरिएका कानून र सेवा प्रवाहप्रति जनस्तरको...
प्रतिनिधिसभा बैठक १५ दिनका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ दिनका लागि स्थगित

‘यो बैठक साउन १४ गते विहीबार बिहान ११ बजे बस्ने गरी स्थगित हुन्छ’ सभामुख अर्यालले भने ।
श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो महासन्धिको ८१ नं बुँदा अनुमोदनका लागि प्रस्ताव  गरेका थिए ।