नेभिगेशन
सबै कुरा

पूर्वाधार कार्यालय तीन वर्षदेखि प्राविधिकविहीन

 पर्वत : पर्वत जिल्लाको भौतिक विकास तथा पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने पूर्वाधार विकास कार्यालय तीन वर्षदेखि प्राविधिकविहीन बनेको छ । दरबन्दी अनुसारका प्राविधिक नहुँदा सडक, मोटरेवल तथा झोलङ्गे पुल, ग्रामीण सडक स्तरोन्नतीका साथै खेलमैदान निर्माणलगायत एक सय ७२ योजना प्रभावित बनेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यालय विगत तीन वर्षदेखि प्राविधिकविहीन बनेको जनाउँदै पाँचौँ, छैटौँ, सातौँ र आठौँ तहका प्राविधिक गरी १० जनाको दरबन्दी रहेकामा पाँचौँ र छैटौँ सहायक प्राविधिक दुई जनामात्र कार्यरत रहेका कार्यालय प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए । उनका अनुसार सातौँ र आठौँमा तीन प्राविधिकको दरबन्दी रहेकामा अहिले एकजना पनि कार्यरत छैनन् । 

Ncell
Extreme Energy

सातौँ र आठौँका तीन पद पदविहीन रहेका अधिकारीले जानकारी दिए । प्राविधिक जनशक्तिको अभाव भएकाले चालु आर्थिक वर्षका एक सय ७२ योजना प्रभावित बनेका उनको भनाइ थियो । 

“जिल्लाको ग्राभेल तथा माटे सडक, झोलुङ्गे तथा मोटरेवल पुल लगायत निर्माणका गतिविधिको अगुवाइ गर्ने कार्यालयमा इन्जिनियरको दरबन्दी तीन जनाको हो । अहिले एक जना पनि छैनन्”, अधिकारीले भने, “सब–इन्जिनियर अधिकृतस्तर पाँचौँ र छैटौँको सात दरबन्दी छन् । अहिले कार्यरत सङ्ख्या जम्मा दुई छ ।” दरबन्दी अनुसारको कर्मचारी नभएपछि कामको अत्यन्तै चाप रहेको उनको भनाइ थियो ।

सीमित जनशक्तिका कारण सबै योजनाको विस्तृत लागत तयार, योजनाको डिपिआर निरीक्षण, योजनाको मूल्याङ्कनलगायत काममा अत्याधिक भार परेको बताउँदै कतिपय योजनामा प्राविधिककै कारण ढिलाइ हुने गरेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार योजनाका काम प्रभावित हुन नदिन दैनिक ज्यालादारीमा प्रतिव्यक्ति रू एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म दिनेगरी प्राविधिक सुपरभाइजरको रुपमा तीन जना सब–इन्जिनियरलाई काममा लगाइएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेशले करारमा कर्मचारी राख्न नपाइने व्यवस्था गरेपछि ज्यालादारीमा राख्नुपरेको अधिकारीको भनाइ थियो । कार्यालयमा इन्जिनियर, लेखा, प्रशासन, हलुका सवारी चालकलगायत सबै गरेर जम्मा १६ दरबन्दी भए पनि अहिले कार्यालय सहयोगीसहित आठ जना मात्रै कार्यरत रहेका उनले जानकारी दिए । उक्त कार्यालयमार्फत अहिले पर्वतमा नौ बहुवर्षीय सडक योजना सञ्चालनमा छन् भने चार मोटरेवल पुल बन्दै छन् ।

चार मोटरेवल पुलमध्ये लिदी खोलाअन्तर्गत राम्जा र छत्तीसेघाट सडकअन्तर्गत पैयूँ गरी दुई पुल निर्माणाधीन छन् भने अन्य दुई सडक तथा पुल ठेक्का प्रक्रियामा गइसकेको कार्यालयले जनाएको छ । पूर्वाधार कार्यालयअन्तर्गत यसवर्ष साना र ठूला गरी एक सय ७२ भौतिक विकास निर्माणका योजना सञ्चालनमा छन् । यसवर्ष पर्वतको भौतिक पूर्वाधार विकासमा रू एक अर्ब पाँच करोड रकम विनियोजन गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

प्रदेश सरकारअन्तर्गत कार्यालय स्थापना भएपछि पर्वतमा अहिलेसम्म ८१.३७ किमी पक्की सडक निर्माण भएको छ भने ३४.७ किमी सडक ग्राभेल गरिएको कार्यालयले जनाएको छ । दरबन्दी अनुसारको जनशक्ति अभावमा तोकिएअनुसारको काम गर्न समस्या भएको अधिकारीको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेतृत्वको बलपूर्वक विस्थापनका निम्ति बाह्य रुपमा गरिएका प्रहार, हमला र नियन्त्रणलाई पार्टी केन्द्रीय कमिटी र महाधिवेशनका निर्णयले संस्थागत रुपमा निस्तेज गरिसकेको सन्दर्भमा...
ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यदलको प्रतिवेदनमार्फत पुनर्गठनको बहसमार्फत पार्टीलाई विवाद र अन्तरध्वंश तर्फ धकेल्न खोजिएको बताएका छन् ।
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।