नेभिगेशन
सबै कुरा

माउबाट हराएका पुष्पा र अञ्जली कोशी टप्पुका हात्तीसँग रमाउँदै (भिडियाेसहित)

सप्तरी : गत असोज ९ गते चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएका पोथी गैंडा पुष्पा र अञ्जली यतिबेला कोशी टप्पुमा रहेका हात्ती र टप्पुका कर्मचारी संग रमाउने गरेका छन् ।


माउबाट छुट्टिएको अवस्थामा फेला परेका पुष्पा र अञ्जली नामका गैँडाहरू कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएपछी उनीहरुलाइ कोशी टप्पु वन्यजन्तु आरक्षको सप्तरी स्थित पथरी सेक्टरमा राखिएको छ, उनीहरुको स्याहारसुसारका लागि एकजना कर्मचारी खटाइएको छ ।

विगतमा गरिएका गैँडा स्थानान्तरण पूर्ण रूपमा सफल नभए पनि यस पटक कोशी टप्पुमा गरिएको स्थानान्तरण भने सफल हुने कैयन आधार रहेको विज्ञ तथा संरक्षणकर्ताहरूको दाबी छ ।

कोशी प्रदेशको सुनसरी, उदयपुर र मधेश प्रदेशको सप्तरी जिल्लामा १७५ वर्ग किमि क्षेत्रफलमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा गैंडाका लागि वेटल्याण्ड र ग्रासल्याण्ड राम्रो भएको कोशी टप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरकि प्रमुख रेखा कुमारी मेहताले बताइन् । अहिले पुष्पा र अञ्जलीलाई राख्नका लागि कोशी टप्पु आरक्षको पथरी सेक्टरमा १६ फिट अग्लो, ८५ फिट लामो इन्क्लोजर बनाइएको छ ।

चितवन बाट कोशी टप्पु ल्याउदा दुवै गैंडालाइ स्याहारसुसार र सहजतामा निकै कठिन भएको भएपनी अहिले उनीहरुलाई सो क्षेत्रको रहनसनमा सहज हुन थालेको छ । अहिले उनीहरु टप्पुका हात्ती संगै रम्ने गरेका छन् । उनीहरुलाइ बिहान ६ बजे इन्क्लोजर बाट सोही क्षेत्रमा रहेको घाँसेमैदानमा बाहिर निकाल्ने गरिएको छ भने दिउसो ११ बजे आरक्षको टप्पु क्षेत्रमा हात्ती संगै चराउन लैजाने गरिएको छ । साँझ ५ बजे भने उनीहरु आफै आफ्नो बासस्थान इन्क्लोजर तर्फ आउने गरेका छन् ।

पछिल्लो समय कोशी टप्पु पथरी सेक्टरमा रहेका हात्ती र स्थानीय कर्मचारी संगै रमाउदै पुष्पा र अञ्जलीले आफ्नो दिनचर्या गुजार्दै आएका छन् । पुष्पा र अञ्जलीलाइ कोशी टप्पु वन्यजन्तु आरक्षमा निकै सहज हुने देखिएपछी चितवन राष्ट्रिय निकुञ्जबाट थप दुई पोथी र एक भाले गैंडा कोशी टप्पु ल्याउने तयारी गरिएको छ । यस संगै कोशी टप्पु वन्यजन्तु आरक्षमा गैंडाको संख्या ५ हुने छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल)...
कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । त्यो क्रम रोकिएको छैन । अवरुद्ध सडक खोल्न  प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर  ...
आजको मौसमः पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

आजको मौसमः पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

पहाडी जिल्लालाई केन्द्रीय प्रसारण लाइनसँग जोड्नका लागि कपिलवस्तुको मोतिपुरदेखि आयोजना सुरू भएको थियो । उक्त आयोजनाले अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास, पौँदी अमराई हुँदै बुर्तिबाङ जोड्ने एक सय ३२...

भर्खरै