नेभिगेशन
समाज

किरात समुदायमा उधौली साकेलाको रौनक

धरान । प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उधौली बिहीबार देखि सुरु भएको छ । किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उधौली चाड मनाउने गर्छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा खोटाङको मझुवागढीमा भेला भएर किराती पुर्खाहरुले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गर्ने चलन छ ।

Ncell
Extreme Energy

किरात ऐतिहासिकस्थल तथा भूमे थानमा पूजा गर्दै जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमसमेत राखिएको छ । वर्षको दुई पटक मनाइने साकेला चाडको उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ ।

उधौली र उभौली दुवै चाडमा कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगसन किरातले जानकारी दिए । 

साकेला उधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थल हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ–जायजुम, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोटगढी, मझुवागढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङलगायत साकेला थानमा पूजाआजा गर्दै साकेला सिली नाच्ने चलन छ ।

उधौली र उधौलीमा किरात राईको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ ।

दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोलो, लाछा, सिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त छन् ।

छातीमा पेचुरी, धजुरी, वाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चराचुरुङ्गी र जीवजनावरका हाउभाउ गर्दै नाच्नेको बिहीबार लर्को छ ।

धरानका युवा पुस्ता पनि पछिल्लो समय उधौली, उभौलीजस्ता सांस्कृतिक चाडपर्वमा उत्तिकै रमाउने गरेका छन् । अहिले हरेक साकेला थानमा युवा पुस्ताको बाक्लो उपस्थिति देखिन्छ ।

धरान उपमहानगरपालिका–१४ की निरुता राई साकेलामा साथीसँगै मौलिक गहना र पहिरनमा नाच्ने गरेको बताउनुहुन्छ । उनले भने, “हाम्रा पुर्खाहरूले मान्दै आएको चाडपर्वमा एउटा मुख्य उधौली साकेला पनि हो”,।

धरान–१३ का सरोज किराती भने, “हामीले साकेलामा बान्तावा सिलीका रूपमा विभिन्न गीतहरू प्रस्तुत गरेर नाच्ने गर्छौँ । आफ्नो संस्कृतिलाई बचाइ राख्नुपर्छ, साकेलाको अवसर पारेर भाइबहिनीलाई साकेला सिली सिकाएर धरानबाहेक अरु ठाउँहरूमा पनि नाच्न जाने गरेका छौँ ।”

उधौली साकेला सांस्कृतिक रूपमा किराती समुदायले अन्नबाली थन्काउने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ । हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न खेतीबाली गरेको र चराचुरुङ्गीझैँ अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ ।

हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि समुदायअनुसार फरक फरक हुने किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए । साकेला विशेषगरी मङ्सिर पूर्णिमामा उधौली र वैशाख पूर्णिमामा उभौलीको बेला नाच्ने गरिन्छ ।

बुढापाकाको भनाइ अनुसार पूर्वी पहाडी भेगमा उधौली अर्थात् उभौली नाच सुरु हुनुभन्दा अगाडि पितृपूजा (लेवा) गरिन्छ । पितृलाई पूजा गरिसकेपछि कोशी काटेर जानुहुँदैन भन्ने मान्यता छ ।

यस चाडमा किरात राईहरूले पुर्खालाई सम्झेर सिलीमार्फत सम्मान गर्छन् । किरात समुदायमा पुर्खाहरूको ठूलो स्थान र महत्व छ । वर्षमा दुई पटक उधौली र उभौली पर्व मनाइन्छ ।

साकेला किरात राईहरूको पहिचानसँग जोडिएको छ । किरात राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेग खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायतका जिल्लामा साकेला सिली नाच्नेहरू उत्तिकै हुन्छन ।

काठमाडौंमा पनि राई समुदायको बसोबास भएका क्षेत्रमा युवा पुस्ताकै बाक्लो उपस्थितिमा साकेला नाच नाच्ने गर्छन् । काठमाडौँका टुँडिखेल, हात्तीवनलगायतका स्थानमा साकेला नाच्ने गरिन्छ ।

चार किरात (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायमा मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने उधौली र वैशाख पूर्णिमालाई बाली लगाउने समयका रूपमा भव्यताका साथ मनाउने प्रचलन छ ।

सोही प्रचलनअनुसार बिहीबार राईहरूले साकेलारसाकेन्वा मनाइरहेका छन् भने लिम्बू समुदायले चासोक तङ्नाम, याक्खाले चासुवा र सुनुवारले फलेस्याँदर मनाइरहेका छन् ।

उधौलीलाई लिम्बू, सुनुवार र याख्खा समुदायले भव्य उत्सवका रूपमा मनाउँछन् भने राईहरूले मङ्सिर पूर्णिमा अर्थात् उधौलीमा एक दिन साकेला थानमा सिली नाचेर मनाउने गर्छन् ।

वैशाख पूर्णिमा अर्थात् उभौलीमा भने एक महिनासम्म टोलटोलमा ढोल–झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ । हरेक वर्षको मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली पर्व किराती मान्यताअनुसार बिहीबारदेखि हिउँद सुरु भएको मानिन्छ ।

बुढापाकाको भनाइअनुसार मार्गशीर्ष (मङ्सिर) शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत भेडीगोठ र नदीका माछा पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

स्याटेलाइट ब्याण्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर सञ्चार मन्त्रालयले २०८३ जेठ २२ गते अध्ययन समिति गठन गरेको थियो...
नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने

नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने

डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यअनुसार टेलिकमले उक्त सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए ।
बागमती प्रदेश सरकारमा ६ जना मन्त्री महाशाखा प्रमुखको हैसियतमा, एउटै मन्त्रालयमा ३ जनासम्म मन्त्री

बागमती प्रदेश सरकारमा ६ जना मन्त्री महाशाखा प्रमुखको हैसियतमा, एउटै मन्त्रालयमा ३ जनासम्म मन्त्री

प्रदेश सरकारले गत बैशाख २२ मा खर्च कटौती गर्न भन्दै १४ मन्त्रालयलाई घटाएर ८ मन्त्रालयमा सीमित गर्ने निर्णय अनुरुप आजबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित बागमती प्रदेश सरकार ८...
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश

विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश

शुक्रबार सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

भर्खरै