नेभिगेशन
मुख्य समाचार

एनपिएलः भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

काठमाडौा : काठमाडौँ गोर्खाजका भीम सार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी बनेका छन् । भीमले आज पोखरा एभेन्जर्स विरूद्ध १९ बलमा ५ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे  । 

एनपिएलमा यसअघि यति छिटो कुनै पनि नेपाली ब्याटरले अर्धशतक प्रहार गर्न सकेका थिएनन् । जारी सिजनमा सुदूरपश्चिम रोयल्समा आबद्ध विदेशी खेलाडी  हर्मित सिंहले काठमाडौँ विरूद्ध १९ बलमा अर्धशतक जोडेका थिए ।

CG

हर्मितको उक्त रेकर्ड आज भीमले बराबरीसमेत गरे । यसअघि गत सिजनमा भने जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेको रेकर्ड छ । आजको भीमको अर्धशतकसँगै यो संस्करणमा अर्धशतकको सङ्ख्या २९ पुगेको छ । २९ अर्धशतक हिर्काउनेमा २५ खेलाडी सामेल छन् । यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पञ्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् ।

सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह,   ईशान पाण्डे, विराटनगर किंग्सका  लोकेश बम, मार्टिन गुप्टिल,  बसिर अहमद, पोखराका  सुमित बर्माले, जिमी निशम, एडम रोसिङटन, चितवनका डेविड मलान र अर्जुन  साउद, काठमाडौं गोर्खाजका जोन सिम्प्सन, बेन चाल्र्सवर्थ,  कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी  सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले  एक÷एक अर्धशतक हिर्काएका छन् । 

कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । “समयक्रमसँगै कांग्रेस...
नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको...
बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका सिसीटिभी क्यामेरा फुटाएका छन् भने फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन चोरेर लगेका छन् ।
तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत  (तस्बिरहरु)

तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत (तस्बिरहरु)

आयोजना अन्तर्गतका महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको...