नेभिगेशन
समाज

एनपिएलः भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

काठमाडौा : काठमाडौँ गोर्खाजका भीम सार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी बनेका छन् । भीमले आज पोखरा एभेन्जर्स विरूद्ध १९ बलमा ५ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एनपिएलमा यसअघि यति छिटो कुनै पनि नेपाली ब्याटरले अर्धशतक प्रहार गर्न सकेका थिएनन् । जारी सिजनमा सुदूरपश्चिम रोयल्समा आबद्ध विदेशी खेलाडी  हर्मित सिंहले काठमाडौँ विरूद्ध १९ बलमा अर्धशतक जोडेका थिए ।

Ncell
Extreme Energy

हर्मितको उक्त रेकर्ड आज भीमले बराबरीसमेत गरे । यसअघि गत सिजनमा भने जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेको रेकर्ड छ । आजको भीमको अर्धशतकसँगै यो संस्करणमा अर्धशतकको सङ्ख्या २९ पुगेको छ । २९ अर्धशतक हिर्काउनेमा २५ खेलाडी सामेल छन् । यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पञ्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् ।

सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह,   ईशान पाण्डे, विराटनगर किंग्सका  लोकेश बम, मार्टिन गुप्टिल,  बसिर अहमद, पोखराका  सुमित बर्माले, जिमी निशम, एडम रोसिङटन, चितवनका डेविड मलान र अर्जुन  साउद, काठमाडौं गोर्खाजका जोन सिम्प्सन, बेन चाल्र्सवर्थ,  कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी  सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले  एक÷एक अर्धशतक हिर्काएका छन् । 

कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...