नेभिगेशन
मुख्य समाचार

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ । 

महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनीको चौरमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले बुधबार निरीक्षण गरेको छ । 

CG

उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरुले कार्यक्रमस्थलको अनुगमन गरेका हुन् । उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब दुई लाख अट्न सक्ने क्षमता रहेको बताउँदै उक्त चौर भरिभराउ हुने बताए । उनले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिए । 

महाधिवेशनमा करिब दुई हजार ५०० बढी प्रतिनिधि सहभागी हुने छन् । उद्घाटन सत्रमा देशभरबाट एक लाख ५० हजार बढी कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ । 

प्रचार विभाग प्रमुख गौतमले मञ्चलगायतका संरचनाहरु कसरी बनाउने भन्ने तयारी स्वरुप आजको निरीक्षण गरिएको बताए । उनले मञ्च निर्माणदेखि नै करिब ६०० स्वयंसेवक पोसाकमा खटिने जनाइएको छ । पार्टी जिल्लाका उपाध्यक्ष किरण थापाले आजबाटै डोजर लगाएर कार्यक्रमस्थल तयारी सुरु गरेको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदुरपश्चिमद्वारा चितवनलाई एक सय ७० रनको लक्ष्य

एनपिएलः सुदुरपश्चिमद्वारा चितवनलाई एक सय ७० रनको लक्ष्य

बिहीबार भएको दोस्रो खेलमा सुदुरपश्चिमले निर्धारित ओभर खेल्दै चितवनलाई एक सय ७० रनको लक्ष्य दिएको हो । सुदुरपश्चिमले ४ विकेटको क्षतिमा एक सय ६९ रन बनाएको हो ।
नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७६ प्रतिशत

नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७६ प्रतिशत

उनका अनुसार पछिल्लो पटक थप भएको म्याद २०८३ असारमा सकिन्छ । हाल उपलब्ध गराएको समयसीमामा काम सम्पन्न गराउनका लागि आफूहरू लागेको सूचना अधिकारी खनालले बताए ।
बारम्बार दुर्घटना भएपछि धोबीखोला करिडोरमा स्थानीयले लगाए बार

बारम्बार दुर्घटना भएपछि धोबीखोला करिडोरमा स्थानीयले लगाए बार

बारम्वार दुर्घटना हुन थालेपछि काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोविखोला करिडोरमा स्थानीयहरुले नै रेलिङ लगाउन सुरु गरेका छन् । आजमात्रै सो स्थानमा साइकलसहित एक जनाको शव फेला परेको...
महाधिवेशन सार्ने षडयन्त्र नगर्न काँग्रेस नेताहरुको चेतावनी

महाधिवेशन सार्ने षडयन्त्र नगर्न काँग्रेस नेताहरुको चेतावनी

महाधिवेशनका लागि हस्ताक्षरका तर्फबाट बिहीबार काठमाडौंमा आयोजित १५ औं महाधिवेशनको तयारी बिषयक अन्तक्र्रियामा उनीहरुले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका...