नेभिगेशन
मुख्य समाचार

एनपिएलः सुदुरपश्चिमद्वारा चितवनलाई एक सय ७० रनको लक्ष्य

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग(एनपिएल)मा सुदुरपश्चिम रोयलसले चितवन राइनोजलाई एक सय ७० रनको लक्ष्य दिएको छ ।

बिहीबार भएको दोस्रो खेलमा सुदुरपश्चिमले निर्धारित ओभर खेल्दै चितवनलाई एक सय ७० रनको लक्ष्य दिएको हो । सुदुरपश्चिमले ४ विकेटको क्षतिमा एक सय ६९ रन बनाएको हो ।

CG

सुदुरपश्चिमका लिनले सर्वाधिक ७५ रन बनाए । उनले ५६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे । लिन १७औं ओभरपछि रिटायर अर्ट भएका थिए । उनको ठाउँमा सुदुरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी मैदान प्रवेश गरेका हुन ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक १४ बल खेल्दै २ छक्का प्रहार गरे । भने, आरिफले १६ बल खेल्दै २ चौका र १ छक्का हानेका हुन । विनोद भण्डारीले २१ रन जोड्दा पुनित मेहरा १३ रन बनाएर आउट भए ।

त्यस्तै, बलिङमा चितवनका सैफ जैबले २ तथा रन्जित कुमार र जर्ज स्मृक्शले १/१ विकेट लिए । त्यस्तै बिहीबार नै भएको पहिलो खेलमा काठमाडौँ गोर्खाज पोखरालाई हराउदै विजयी भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले...
राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

आइतबार सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी भएका हुन । शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरे ।

भर्खरै