नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छिन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी हुन् । आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छदफल गर्दै आएको छ । 

CG

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत साना तथा मधेस केन्द्रित दलले निर्वाचन केन्द्रित गतिविधि अगाडी बढाएका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित

सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित

जीतका लागि १७० रनको लक्ष्य पछ्याएको चितवन राइनोज १७ दशमलव एक ओभरमा १२० रनमा अलआउट भयो । ‘प्लेअफ’मा पुग्न जीतको खोजीमा रहेको चितवनका ब्याटर चल्न सकेनन् । उसका...
राजनीतिमा खुल्न डराइरहेका कुलमान, नागरिक सरकारका मन्त्री कि उज्यालो पार्टीका 'ब्रान्ड एम्बास्डर' ?

राजनीतिमा खुल्न डराइरहेका कुलमान, नागरिक सरकारका मन्त्री कि उज्यालो पार्टीका 'ब्रान्ड एम्बास्डर' ?

कुलमान घिसिङ नेपालीहरूले सम्भावना देखेका व्यक्ती हुन् । विचार, सिद्धान्त भन्दा बढी नागरिकको उनको कामबाट प्रभावित भएका हुन् । त्यसले अब पनि कुलमान घिसिङ राजनीतिकरुपमा कहाँ उभिने स्पष्ट...
एनपिएलः सुदुरपश्चिमद्वारा चितवनलाई एक सय ७० रनको लक्ष्य

एनपिएलः सुदुरपश्चिमद्वारा चितवनलाई एक सय ७० रनको लक्ष्य

बिहीबार भएको दोस्रो खेलमा सुदुरपश्चिमले निर्धारित ओभर खेल्दै चितवनलाई एक सय ७० रनको लक्ष्य दिएको हो । सुदुरपश्चिमले ४ विकेटको क्षतिमा एक सय ६९ रन बनाएको हो ।