नेभिगेशन
मुख्य समाचार

दशरथ चन्द विश्वविद्यालयको उपकुलपतिका लागि दुई पटकको सूचनामा पनि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।

उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक गत कात्तिक १६ गतेदेखि यही कात्तिक ३० गतेसम्म समय दिएर सूचना प्रकाशन गरेकामा समय थप गरी यही मङ्सिर ५ गतेसम्म बढाएको थियो । तर सो समयमा पनि उम्मेदवारको निवेदन पर्न सकेको छैन । “उपकुलपति पदको दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन । त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधी भई काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान कृपया निवेदन दिनुहोस् । वा मलाई नै सम्पर्क गर्नुहोस्”, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज सार्वजनिक आह्वान गरेका छन् ।

CG

सङ्घीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछानेको तोडिएको रेकर्ड नेपाल फर्काउने तयारीमा पत्रकार गौरव पौडेल, १ सय घण्टा लगातार अन्तर्वार्ता गर्ने

रवि लामिछानेको तोडिएको रेकर्ड नेपाल फर्काउने तयारीमा पत्रकार गौरव पौडेल, १ सय घण्टा लगातार अन्तर्वार्ता गर्ने

यसअघि नेपालकै रास्वपा सभापति तथा पूर्व पत्रकार रवि लामिछानेले न्युज २४ टेलिभिजनबाट अव विश्वले चिन्ने छ नेपाल शिर्षकमा ६२ घण्ट १२ मिनेट लामो अन्तर्वार्तामार्फत विश्वकिर्तिमान बनाएका थिए ।...
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन प्रारम्भ भएको हो...
प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठक: आयोग र सुरक्षा निकायले गर्ने छन् राजनीतिक दललाई बृफिङ

प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठक: आयोग र सुरक्षा निकायले गर्ने छन् राजनीतिक दललाई बृफिङ

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार राम रावलाका अनुसार आजको बैठकमा राजनीतिक दल सहित निर्वाचन आयोगका आयुक्त, सुरक्षा निकायका अधिकारी तथा जेनजी प्रतिनिधिहरु पनि सहभागी हुँदै छन् ।
युवाका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने मन्त्री गुप्ताको प्रतिबद्धता

युवाका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने मन्त्री गुप्ताको प्रतिबद्धता

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय युवा परिषद्ले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको सडक दुर्घटना न्यूनिकरण सचेतना तथा स्वयंसेवा कार्यक्रममा मन्त्री...