नेभिगेशन
समाज

युवाका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने मन्त्री गुप्ताको प्रतिबद्धता

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले युवाका मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय युवा परिषद्ले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको सडक दुर्घटना न्यूनिकरण सचेतना तथा स्वयंसेवा कार्यक्रममा मन्त्री गुप्ताले आफ्नो मन्त्रालय अन्तर्गत खेलकुदका साथै युवा समेत रहेकाले युवाहरुलाई केन्द्रीय गरेर उनीहरुको मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउने बताएका हुन ।

Ncell
Extreme Energy

उनले सडक दुर्घटना न्यूनिकरणका लागि सीमित स्रोतका बाबजुत आवश्यक सहयोग हुने प्रतिवद्धता जनाएका छन् । मन्त्री गुप्ताले ट्राफिक प्रहरीप्रति र ट्राफिक प्रहरीले अरुप्रति हेर्ने दृष्टिकोणलाई सकारात्मक रुपमा अघि बढाउन सके सडक दुर्घटना न्यूनिकरण गर्न सकिनेमा जोड दिए ।

स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि हरेक बर्ष डिसेम्वर ५ तारिकका दिन मनाउन थालिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...