नेभिगेशन
समाज

रवि लामिछानेको तोडिएको रेकर्ड नेपाल फर्काउने तयारीमा पत्रकार गौरव पौडेल, १ सय घण्टा लगातार अन्तर्वार्ता गर्ने

काठमाडौँ । नेपाली पत्रकारितालाई विश्वमञ्चमा पुनः स्थापित गर्ने महत्त्वाकांक्षी अभियानसहित पत्रकार गौरव पौडेल १०० घण्टा लगातार अन्तर्वार्ता गर्ने तयारीमा छन् । काठमाडौँको स्काइ टावरबाट पुस १ गतेदेखि सुरु हुने अन्तर्वार्ता म्याराथनमार्फत उनले “longest marathon television talk show” को विश्वरेकर्ड नेपालमै फिर्ता ल्याउने घोषणा गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि नेपालकै रास्वपा सभापति तथा पूर्व पत्रकार रवि लामिछानेले न्युज २४ टेलिभिजनबाट अव विश्वले चिन्ने छ नेपाल शिर्षकमा ६२ घण्ट १२ मिनेट लामो अन्तर्वार्तामार्फत विश्वकिर्तिमान बनाएका थिए । तर उनको रेकर्ड तोड्दै सन् २०२३ सेप्टेम्बर २४ मा स्लोभेनियाका बोरिस टोमासिकले ७३ घण्टा २३ मिनेट २१ सेकेन्डको टक–शो होस्ट गर्दै नयाँ रेकर्ड बनाएका थिए।

Ncell
Extreme Energy

“अब यो रेकर्ड पुनः नेपालमै ल्याउने ऐतिहासिक लक्ष्य लिएर अघि बढेको छु,” पौडेलले भने। उनले चार दिन चार रात बिना रोकावट अन्तर्वार्ता सञ्चालन गर्दै देशका विशिष्ट व्यक्तिहरू—राजनीतिज्ञ, कलाकार, खेलाडी, उद्यमी, मनोवैज्ञानिक तथा सामाजिक अभियन्तासम्म—सबैलाई समेट्ने योजना प्रस्तुत गरेका छन्।

उनको अनुसार जेन–जी पुस्तादेखि राष्ट्रिय प्रभाव राख्ने प्रमुख चरित्रहरूसम्मको सहभागिता सुनिश्चित गर्दै नेपालमा पहिलोपटक प्रोफेसनल टेलिभिजन सेटअपमा आधारित यति लामो अन्तर्वार्ता श्रृंखला प्रसारण हुन लागेको छ।

कार्यक्रमका लागि प्राविधिक तयारी, प्रसारण सुविधादेखि स्वास्थ्य सुरक्षा, मानसिक सल्लाह र निरन्तर समर्थन जिम्मेवारी आयोजक टिमले सम्हाल्ने जनाएको छ।

“यो केवल रेकर्ड बनाउने प्रयास मात्र होइन,” पौडेल भन्छन्, “नेपाली पत्रकारिताको क्षमता, सहनशक्ति र व्यावसायिक लगनलाई विश्व अगाडि फेरि एकपटक प्रमाणित गर्ने हाम्रो मुख्य उद्देश्य हो।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...