नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेको तोडिएको रेकर्ड नेपाल फर्काउने तयारीमा पत्रकार गौरव पौडेल, १ सय घण्टा लगातार अन्तर्वार्ता गर्ने

काठमाडौँ । नेपाली पत्रकारितालाई विश्वमञ्चमा पुनः स्थापित गर्ने महत्त्वाकांक्षी अभियानसहित पत्रकार गौरव पौडेल १०० घण्टा लगातार अन्तर्वार्ता गर्ने तयारीमा छन् । काठमाडौँको स्काइ टावरबाट पुस १ गतेदेखि सुरु हुने अन्तर्वार्ता म्याराथनमार्फत उनले “longest marathon television talk show” को विश्वरेकर्ड नेपालमै फिर्ता ल्याउने घोषणा गरेका छन्।

यसअघि नेपालकै रास्वपा सभापति तथा पूर्व पत्रकार रवि लामिछानेले न्युज २४ टेलिभिजनबाट अव विश्वले चिन्ने छ नेपाल शिर्षकमा ६२ घण्ट १२ मिनेट लामो अन्तर्वार्तामार्फत विश्वकिर्तिमान बनाएका थिए । तर उनको रेकर्ड तोड्दै सन् २०२३ सेप्टेम्बर २४ मा स्लोभेनियाका बोरिस टोमासिकले ७३ घण्टा २३ मिनेट २१ सेकेन्डको टक–शो होस्ट गर्दै नयाँ रेकर्ड बनाएका थिए।

CG

“अब यो रेकर्ड पुनः नेपालमै ल्याउने ऐतिहासिक लक्ष्य लिएर अघि बढेको छु,” पौडेलले भने। उनले चार दिन चार रात बिना रोकावट अन्तर्वार्ता सञ्चालन गर्दै देशका विशिष्ट व्यक्तिहरू—राजनीतिज्ञ, कलाकार, खेलाडी, उद्यमी, मनोवैज्ञानिक तथा सामाजिक अभियन्तासम्म—सबैलाई समेट्ने योजना प्रस्तुत गरेका छन्।

उनको अनुसार जेन–जी पुस्तादेखि राष्ट्रिय प्रभाव राख्ने प्रमुख चरित्रहरूसम्मको सहभागिता सुनिश्चित गर्दै नेपालमा पहिलोपटक प्रोफेसनल टेलिभिजन सेटअपमा आधारित यति लामो अन्तर्वार्ता श्रृंखला प्रसारण हुन लागेको छ।

कार्यक्रमका लागि प्राविधिक तयारी, प्रसारण सुविधादेखि स्वास्थ्य सुरक्षा, मानसिक सल्लाह र निरन्तर समर्थन जिम्मेवारी आयोजक टिमले सम्हाल्ने जनाएको छ।

“यो केवल रेकर्ड बनाउने प्रयास मात्र होइन,” पौडेल भन्छन्, “नेपाली पत्रकारिताको क्षमता, सहनशक्ति र व्यावसायिक लगनलाई विश्व अगाडि फेरि एकपटक प्रमाणित गर्ने हाम्रो मुख्य उद्देश्य हो।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेड बिपरित अघि बढ्न खोजेको राप्रपा नेता शाहीको आरोप

वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेड बिपरित अघि बढ्न खोजेको राप्रपा नेता शाहीको आरोप

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गदै शाहीले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगाएतका माग जेनजी आन्दोलनको रहेपनि सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रीत भएको बताएका हुन ।
दिल्लीमा मोदी–पुटिन भेटः रणनीतिक साझेदारीको नयाँ चरण

दिल्लीमा मोदी–पुटिन भेटः रणनीतिक साझेदारीको नयाँ चरण

सन् २०२१ डिसेम्बर पछि पहिलोपटक भारत आएका राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री मोदीले प्रोटोकल तोडेर व्यक्तिगत रूपमा स्वागत गरे । दुवै नेताले एउटै कारमा यात्रा गर्दै लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको निवाससम्म...
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन प्रारम्भ भएको हो...
प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठक: आयोग र सुरक्षा निकायले गर्ने छन् राजनीतिक दललाई बृफिङ

प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठक: आयोग र सुरक्षा निकायले गर्ने छन् राजनीतिक दललाई बृफिङ

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार राम रावलाका अनुसार आजको बैठकमा राजनीतिक दल सहित निर्वाचन आयोगका आयुक्त, सुरक्षा निकायका अधिकारी तथा जेनजी प्रतिनिधिहरु पनि सहभागी हुँदै छन् ।

भर्खरै