नेभिगेशन
मुख्य समाचार

वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेड बिपरित अघि बढ्न खोजेको राप्रपा नेता शाहीको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेड बिपरित अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गदै शाहीले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगाएतका माग जेनजी आन्दोलनको रहेपनि सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रीत भएको बताएका हुन ।

CG

वर्तमान सरकार ८४ को निर्वाचन ८२ मा गर्न मात्रै गठन नभएको हेक्का राख्न उनले सुुझाव दिए । शाहीले जनेजी आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएपनि वर्तमान सरकारले समेत शान्ति, सुशासन र अमनचयनमा ध्यान दिन नसकेको बताए ।

वर्तमान सरकारबाट जेनजी युवाहरुमाथि धोका भएको उनको भनाइ छ । शाहीले देशले जित्नेगरि राजा, जेनजी र दलहरुबीच गोलमेच सम्मेलन गरि संविधान संशोधनको सम्झौता गर्नुपर्नेमा जोड दिएका थिए ।

अहिलेको अवस्थामा निर्वाचित भएर नयाँ मान्छे शासन चलाउन आएपनि मुलुकको अवस्थामा परिवर्तन नहुने उनको भनाइ छ । उनले प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य, संवैधानिक राजसंस्था कायमका लागि दवाव दिन राप्रपाले मंसिर २३ गते उपत्यकामा प्रदर्शन गर्न लागेको जानकारी दिए ।

राप्रपाले उठाएका मुद्दा केवल एक पार्टीको मात्रै नभइ सवै जनताको मुद्दा रहेकाले राष्ट्रिय झण्डामा एकजुट भएर जनताहरु सडकमा आउने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमालेको ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना(तस्बिरहरु)

एमालेको ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना(तस्बिरहरु)

एमालेको ११औं महाधिवेशनको पुर्वसन्ध्यामा पार्टी कार्यालय च्यासलमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
दिल्लीमा मोदी–पुटिन भेटः रणनीतिक साझेदारीको नयाँ चरण

दिल्लीमा मोदी–पुटिन भेटः रणनीतिक साझेदारीको नयाँ चरण

सन् २०२१ डिसेम्बर पछि पहिलोपटक भारत आएका राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री मोदीले प्रोटोकल तोडेर व्यक्तिगत रूपमा स्वागत गरे । दुवै नेताले एउटै कारमा यात्रा गर्दै लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको निवाससम्म...
रवि लामिछानेको तोडिएको रेकर्ड नेपाल फर्काउने तयारीमा पत्रकार गौरव पौडेल, १ सय घण्टा लगातार अन्तर्वार्ता गर्ने

रवि लामिछानेको तोडिएको रेकर्ड नेपाल फर्काउने तयारीमा पत्रकार गौरव पौडेल, १ सय घण्टा लगातार अन्तर्वार्ता गर्ने

यसअघि नेपालकै रास्वपा सभापति तथा पूर्व पत्रकार रवि लामिछानेले न्युज २४ टेलिभिजनबाट अव विश्वले चिन्ने छ नेपाल शिर्षकमा ६२ घण्ट १२ मिनेट लामो अन्तर्वार्तामार्फत विश्वकिर्तिमान बनाएका थिए ।...
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन प्रारम्भ भएको हो...

भर्खरै