नेभिगेशन
समाज

रास्वपा कार्यवाहक सभापति अर्यालको जापान भ्रमण स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद(डीपी) अर्यालको जापान भ्रमण स्थगित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्याल रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापानको आइतबार हुने दोस्रो अधिवेशन सहितका कार्यक्रमका लागि शुक्रवार साँझ जापान उड्ने तयारीमा थिए । तर अहिले महत्त्वपूर्ण राजनीतिक संवादहरू निश्कर्षउन्मुख भएकाले अन्तिम अवस्थामा भ्रमण स्थगित भएको अर्यालको सचिवालयले जनाएको छ । 

Ncell
Extreme Energy

सचिवालयका अनुसार जापानको कार्यक्रम पूर्वनिर्धारित भए पनि अहिले रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्ले पनि देश बाहिर कार्यक्रममा भएको र चुनाव केन्द्रित केही महत्त्वपूर्ण संवादहरू चलिरहेकाले आइतबार हुने जापानको कार्यक्रममा सहभागी हुन नसक्ने भएका हुन् । 

फेरी केही समय पछि जापान जाने तयारी गरिए पनि अहिले नै मिति तय नभएको कार्यवाहक सभापति अर्यालको सचिवालयले जनाएको छ । 
अर्याल अनुपस्थित हुने भए पनि जापान सम्पर्क विभागको कार्यक्रमका लागि रास्वपाका केन्द्रीय सदस्य तथा प्रवास नेपाली सम्पर्क विभागका उपप्रमुख अर्जुन अधिकारी भने जापान पुगिसकेका छन् । 

उता उपसभापति डा.वाग्ले पनि रास्वपाको पार्टी अभियानकै क्रममा अस्ट्रेलियामा छन् । रास्वपा प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलियाका विभिन्न क्षेत्रका राजनीतिक संवाद तथा अधिवेशनहरूमा वाग्ले सहभागी भएका छन् । साथै नेपाली समुदायहरुसँग पनि अन्तरसंवाद कार्यक्रम गरिरहेका छन् ।    
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...