नेभिगेशन
मुख्य समाचार

साफ महिला क्लब च्याम्पियनसिपः कराची सिटी र ट्रान्सपोर्ट युनाइटेडबीचको खेल बराबरी

काठमाडौँ । साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले  गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन् ।

CG

पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी छन् ।

सिंगल राउण्ड रोविनका आधारमा खेली प्रथम र द्वितिय स्थान हासिल गर्ने दुई टोलीबीच फाइनल खेल हुने एन्फाले जनाएको छ । प्रतियोगिताको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

सो निर्वाचन क्षेत्रमा रास्वपाले यसपटक १२ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको हो । एक निर्वाचन क्षेत्र रहेको सल्यानमा ललितकुमार चन्द, डोल्पामा देव सिंह ऐडी, मुगुमा राजेन्द्र बहादुर...
रास्वपाले १६४ स्थानमा गरायो मनोनय दर्ता, १४ महिला र १५० पुरुष उम्मेदवार (सबैका सूची)

रास्वपाले १६४ स्थानमा गरायो मनोनय दर्ता, १४ महिला र १५० पुरुष उम्मेदवार (सबैका सूची)

रास्वपाका मनाङका  उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उहाँले बताउनुभयो । पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिनुभएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब...