नेभिगेशन
मुख्य समाचार

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री  डा मदनप्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङबीच शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ ।

त्यस क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा परियारले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता, विश्वास र सहकार्यलाई कृषि तथा पशुपन्छी विकास क्षेत्रमार्फत अझ गहिरो बनाउन प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

CG

मन्त्री डा परियारले आधुनिक, दिगो र जलवायुमैत्री कृषि प्रणाली विकास, उत्पादन वृद्धि तथा द्विपक्षीय व्यापार बिस्तारका लागि चीनको प्राविधिक, संस्थागत र व्यापारिक सहकार्य नेपालका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए ।

विभिन्न प्रोटोकल, अवधारणापत्र तथा सहकार्य संयन्त्रहरूको प्रभावकारी कार्यान्वयनका लागि दुवै देशबीच निरन्तर संवाद र साझेदारी आवश्यक रहेको पनि उनले बताए । मन्त्री डा परियारले नेपाल–चीन कृषि सहकार्यले नेपाली कृषक, ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय विकासमा प्रत्यक्ष योगदान पुर्‍याउने विश्वास नेपाल सरकारले लिएको धारणा राखेका थिए ।

राजदूत सङले कृषि क्षेत्रमा गर्न सकिने सहकार्य, क्षमता अभिवृद्धि, मिश्रित मल उत्पादन, रोगमुक्त भैँसीको मासु निर्यात र कृषि प्रदर्शन पार्क स्थापनाबारे चीन सकारात्मक रहेको बताए । दुवै पक्ष प्राविधिक सहयोग, लगानी र ज्ञान आदानप्रदानको महत्त्वमा जोड दिँदै नेपालको कृषि क्षेत्र सुदृढ पार्न र दिगो विकास प्रवर्द्धन गर्न आवश्यक रहेकामा सहमत भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री काकीले आह्वान गरेको सर्वपक्षीय बैठक जारी(तस्बिरहरू)

प्रधानमन्त्री काकीले आह्वान गरेको सर्वपक्षीय बैठक जारी(तस्बिरहरू)

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार आव्हान गरेको सर्वपक्षीय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री कार्कीले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखहरूसँग आह्वान गरिएको बैठक केहिबेर अघि सुरु भएको...
जेनजी आन्दोलनपछि ओली देउवाको पहिलो भेट, के भयो छलफल ?

जेनजी आन्दोलनपछि ओली देउवाको पहिलो भेट, के भयो छलफल ?

शुक्रबार दिउँसो देउवालाई भेट्न ओली देउवा निवास महाराजगञ्ज पुगेको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु

प्रधानमन्त्री कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु

प्रधानमन्त्री कार्कीले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखहरूसँग आह्वान गरिएको बैठक केहिबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
साफ महिला क्लब च्याम्पियनसिपः कराची सिटी र ट्रान्सपोर्ट युनाइटेडबीचको खेल बराबरी

साफ महिला क्लब च्याम्पियनसिपः कराची सिटी र ट्रान्सपोर्ट युनाइटेडबीचको खेल बराबरी

काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले  गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल...