नेभिगेशन
समाज

प्रधानमन्त्री कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा आव्हान गरिएको बैठक सुरुभएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री कार्कीले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखहरूसँग आह्वान गरिएको बैठक केहिबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारले फागुन २१ को निर्वाचनको तयारीका विषयमा बृफिङ गर्ने छ ।

Ncell
Extreme Energy

त्यसपछि निर्वाचन आयोगका आयुक्तहरुले निर्वाचनका विषयमा पछिल्लो समय भैरहेका  बहसका विषयमा आयोगको अवस्था जानकारी गराउने जनाइएको छ । मुख्यतः राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधिसभाको निर्वाचन, चुनावको तयारी, कानुनी जटिलता, स्रोतसाधनको उपलब्धता, सुरक्षा चुनौती र आर्थिक अवस्थाबारे बृफिङ गर्ने छन् ।

साथै अहिले चरणबद्ध निर्वाचन, बेजिल्ला मतदान, विदेशबाट मतदान लगायतका विषयमा चर्चामा छन् । यी विषयहरुमा आयोगको क्षमता र तयारी बृफिङ हुने छ ।  यस्तै केहि राजनीतिक दलहरुले निर्वाचनका सुरक्षा चुनौतीको विषय उठाएकाले सुरक्षा निकायका उच्च अधिकारीहरुले नै अहिलेको सुरक्षा अवस्था बारे बृफिङ गर्ने छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।