नेभिगेशन
मुख्य समाचार

मधेस प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन् । शुक्रबार मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

त्यसअघि शुक्रबार नै यादवलाई मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सात दलले ७७ जना प्रदेशसभा सदस्यको समर्थन पत्रसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको थियो ।

CG

मुख्यमन्त्री यादवलाई जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी दलको समर्थन छ ।

मुख्यमन्त्री नियुक्त भएपछि यादवले आफु प्रदेशको पाचौ मुख्यमन्त्री भएकाले यसअघि भएका राम्रा कामको निरन्तरता र नराम्रा कामलाई सच्चाउदै अघि बढ्ने बताए । मुख्यमन्त्री हेरफेरका लागि भएका गतिविधिले जनतामा छाएको निराशालाई चिर्ने उनले बताए ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त भएका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख कर्णले बुधबार सर्वोच्चको परमादेशअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएसंगै अव यादवले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले...
राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

आइतबार सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी भएका हुन । शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरे ।

भर्खरै