नेभिगेशन
पूर्वाधार

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

चन्द्रौटा । करेन्ट नुडल्स अब हरित ऊर्जाबाट उत्पादन हुने भएको छ।
करेन्ट नुडल्सका उत्पादक तथा नेपाली नुडल्स तथा स्न्याक्स उद्योगकै अग्रणी कम्पनी यशोदा फुड्सले दिगो ऊर्जा प्रयोगतर्फ ऐतिहासिक कदम चालेको छ। कम्पनीले कपिलवस्तुको चन्द्रौटास्थित आफ्नै उत्पादन कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार प्रणाली जडान गरी २३ नोभेम्बर २०२५ देखि सौर्य ऊर्जाबाट विद्युत उत्पादन सुरु गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यससँगै यशोदा फुड्स नेपालमै पहिलो पटक सौर्य ऊर्जाबाट नुडल्स उत्पादन गर्ने उद्योग बनेको छ। कम्पनीले आफूलाई ‘नेपालकै पहिलो ग्रीन नुडल्स म्यानुफ्याक्चरिङ फेसिलिटी’को रूपमा पनि स्थापित गर्न सफल भएको जनाएको छ। साथै कपिलवस्तु औद्योगिक करिडोरमा छानामाथि सौर्य ऊर्जा प्रयोग गर्ने पहिलो उद्योग बन्ने उपलब्धि समेत यशोदा फुड्सले पाएको छ।

Ncell
Extreme Energy

सोलार प्रणाली सञ्चालनमा आएसँगै कम्पनीको विद्युत आवश्यकताको करिब ८० प्रतिशत पूर्ति हुने, विद्युत खर्च ६५ प्रतिशतसम्म घट्ने तथा कार्बन उत्सर्जनमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ। हरेक वर्ष १० लाख युनिटभन्दा बढी विद्युत उत्पादन हुने र करिब २ हजार टन कार्बनडाइअक्साइड उत्सर्जन बचत हुने कम्पनीले जनाएको छ।

Picture5-1765176933.jpg
उक्त सौर्य परियोजना नेपालकै अग्रणी स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिद्वारा निर्माण गरिएको हो। परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सहयोग उपलब्ध गराएको थियो भने जर्मन ग्रान्ट डीकेटीआई परियोजनाअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)मार्फत ब्याज अनुदानसहितको सहायता प्राप्त भएको हो।

डिसेम्बर २ मा आयोजित उद्घाटन समारोहमा यशोदा फुड्स, एईपीसी तथा प्राइम रिन्यूएवल्सका प्रतिनिधि तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो। कम्पनीले यो परियोजनाबाट वातावरण संरक्षणसँगै उत्पादन लागत घटाई प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...
सरकार गठन र सञ्चालनका लागि बागमतीमा यस्तो समझदारी

सरकार गठन र सञ्चालनका लागि बागमतीमा यस्तो समझदारी

संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थिरता, सुशासन र समृद्ध बागमती प्रदेश निर्माण गर्ने साझा उद्देश्यसहित बागमती प्रदेश सरकार गठन तथा सञ्चालनका लागि सत्ता साझेदार दलहरूबीच समझदारी भएको छ।
फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

ललितपुर महानगरपालिकाका मेयर तथा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताएका छन्।
जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

कालीगण्डकी नदीको कटानले पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित कालीपुल जोखिममा परेको छ।