नेभिगेशन
सबै कुरा

खाद्य व्यवस्था कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने

काठमाडाैँ : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत पसललाई माघ २ गतेसम्मका लागि निरन्तरता दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चालु आर्थिक वर्ष २०८०/८१ को चाडबाड लक्षित सहुलियत पसल असोज २१ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन गर्ने गरी प्रथम चरणको कार्यक्रम निर्धारण भएकोमा उक्त समयसीमा बढाएर माघ २ गतेसम्म पुर्याइएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

Ncell
Extreme Energy

यसवर्ष सहुलियत पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था कम्पनीलाई रू दुई करोड ३२ लाख २० हजार बजेट उपलब्ध गराएको थियो । उक्त रकम बचत हुन गएमा त्यसपश्चात्का चाडपर्वमा पनि सहुलियत पसल सञ्चालन गर्ने निर्णयअनुसार निरन्तरता दिइएको सुवेदीको भनाइ छ ।

सहुलियत मूल्य पसलमा सबै किसिमको चामल, दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भटमासको तेल र चिउरा अहिलेको बजार मूल्यभन्दा प्रतिकिलो रू सातले सस्तोमा बिक्री वितरण भइरहेको छ । त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवामा प्रतिकिलो रू १० छुट दिइएको छ ।

खाद्य व्यवस्था कम्पनीले प्रवद्र्धन गरिरहेको ‘नेपाल फुड’ ब्राण्डका खाद्य सामग्रीमा यो अवधिसम्मका लागि निःशुल्क अनलाइन होम डेलिभरीको सुविधा पाइने पनि कम्पनीले जनाएको छ । 

खाद्य व्यवस्था कम्पनीको काठमाडौँ उपत्यकासहित देशभरका ५० स्थानमा सहुलियतपूर्ण स्टल छन् । चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । यस्ता पसलबाट खाद्य वस्तुमा बजार मूल्य नियन्त्रण हुने तथा गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलव्ध गराउने उद्देश्य सरकारले राखेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेतृत्वको बलपूर्वक विस्थापनका निम्ति बाह्य रुपमा गरिएका प्रहार, हमला र नियन्त्रणलाई पार्टी केन्द्रीय कमिटी र महाधिवेशनका निर्णयले संस्थागत रुपमा निस्तेज गरिसकेको सन्दर्भमा...
ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यदलको प्रतिवेदनमार्फत पुनर्गठनको बहसमार्फत पार्टीलाई विवाद र अन्तरध्वंश तर्फ धकेल्न खोजिएको बताएका छन् ।
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।