नेभिगेशन
समाज

प्रभु बैंकका रेमिट्यान्स डिपार्टमेण्ट हेड सुगेन भन्ने सुजित शाक्य पनि पक्राउ

काठमाडौँ । प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख सुगेन भन्ने सुजित शाक्यलाई पनि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्यूरो (सीआईबी) शाक्यलाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शाक्यले रेमिट बापतको रिफन्डिङ दिन सक्ने कानुनी व्यवस्थाको दुरुपयोग गरी प्रभु बैंकलाई एक अर्ब रुपैयाँ भन्दा बढी रकम हानी नोक्सानी पुऱ्याएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको सीआईबीले जनाएको छ । 

Ncell
Extreme Energy

रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंक लि. लाई हानी र आफ्नो स्वार्थ समुह अन्तर्गतको प्रभु मनी ट्रान्सफरलाई फाईदा हुने गरी रेमिट बापतको PREFUNDING दिन सक्ने कानूनी व्यवस्थाको दुरुपयोग गरी गराई PREFUNDING नाममा नियम विपरित अब रकम दिई सो वापत नियमानुसार ब्याज समेत नलिई प्रभु बैंक लि.लाई एक अर्ब रुपैया भन्दा बढी रकम हानी नोक्सानी पुऱ्याएको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको सीआईबीले जनाएको छ । 

प्रहरीले यसअघि प्रभु बैंक सीईयो सहित ३ जनालाई पक्राउ गरेको थियो । त्यसअघि प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचन पनि पक्राउ परेका थिए । भट्टचन हाजिरी जमानी छुटेपछि शेरचनमाथि भने अनुसन्धान भइरहेको छ । 

नियम विपरित सुपर एजेन्ट बनाई रेमिटन्स कारोबार गर्न प्रभु म्यानेजमेन्ट प्रा.लि. लाई एड्भान्स रकम दिई उक्त प्रभु म्यानेजमेन्ट प्रा.लि.संग रेमिट कारोबार स्थगित भए पश्चात समेत नेपाल राष्ट्र बैंकको निर्देशन तथा कानुन विपरित लामो समयसम्म स्वार्थ समुहलाई उक्त रकम प्रयोग गर्न दिई प्रभु बैंक लि.लाई ८ करोड ९३ लाख १९ हजार ९ सय ८६ रुपैया ३० पैसा हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन छिपाउनको लागि कर्जा प्रवाह गरी गराई कर्जा दुरुपयोग गर्ने र गराउने कार्यमा संलग्न रहेको आरोपमा सीईओ शेरचनमाथि अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रवि लामिछानेमा राजनीतिक परिपक्वता बढ्यो : प्रचण्ड

रवि लामिछानेमा राजनीतिक परिपक्वता बढ्यो : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेमा राजनीतिक परिपक्वता बढेको बताएका छन् ।
पूर्वमा विद्युत आपूर्ति प्रणाली बलियो बनाउन कस्सियो एनईए

पूर्वमा विद्युत आपूर्ति प्रणाली बलियो बनाउन कस्सियो एनईए

नेपाल विद्युत् प्राधिकरण (एनईए) ले दमक, गौरादह र इटहरी क्षेत्रमा विद्युत् आपूर्तिको विश्वसनीयता, भोल्टेज र प्रणाली क्षमता सुधार गर्न वितरण प्रणाली सुदृढीकरणका कार्यहरू अघि बढाएको छ ।
डिडिसीको आक्रामक विस्तारका लागि कृषि मन्त्री चौधरी सक्रिय : उपत्यकामा थप ८ वटा काउन्टर,  किसानलाई धमाधम भुक्तानी

डिडिसीको आक्रामक विस्तारका लागि कृषि मन्त्री चौधरी सक्रिय : उपत्यकामा थप ८ वटा काउन्टर,  किसानलाई धमाधम भुक्तानी

प्रधानमन्त्री वालेन्द्र शाहले प्रवर्द्धन गरेको दुग्ध विकास संस्थानले आक्रामक बजार विस्तार गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।