नेभिगेशन
सबै कुरा

टिकटकलाई नेपालमा दर्ता गर्नका लागि टिकटककाे पत्राचार

काठमाडाैँ : टिकटकले टिकटकलाई नेपालमा दर्ता गर्नका लागि पत्राचार गरेको छ । 

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि कम्पनीले टिकटलाई नेपालमा दर्ता गर्न पत्राचार गरेको हो । 

टिकटकले नेपालमा कम्पनी दर्ता गर्नका लाागि पत्राचार गरेपनि सरकारले भने उक्त माध्यमले सामाजिक विकृति फैलाएको भन्दै बन्द गरेको छ । 

टिकटक बन्द गरेसँगै टिकटकले दुरसञ्चार प्राधिकरणलाई सम्बोधन गरेर  टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विचार र अभिव्यक्तिको स्वतन्त्रको विरुद्धमा रहेको टिप्पणी गर्दै पत्र पठाएकाे थियो । टिकटकले सात बुँदामा विगतमा नेपालमा सरकारसँग भएका समझदारीहरू उल्लेख गरेर असन्तुष्टिसहितको पत्र पठाएको हो।

नेपाल सरकारलाई टिकटकको पत्र

नेपाल दूरसञ्चार प्राधिकरणलाई १३ अक्टोबरमा पत्र लेखेर टिकटकको दक्षिण एशियाका लागि सार्वजनिक नीति र सरकारसँगको सम्बन्ध हेर्ने प्रमुख फर्डोस मोटाकिनले पर्याप्त आधार बिना नै सरकारले अनुचित रुपमा टिकटक बन्द गरेको उल्लेख गरेको थियो ।

त्यस्तै पत्रमा टिकटकले नेपाल सरकारका हरेक चासोहरूलाई सम्बोधन गर्न आफूहरू तयार रहेको उल्लेख समेत गरेको थियो ।

सरकारले २७ कात्तिकमा सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको जिकिर सहित टिकटक बन्द गर्ने निर्णय गरेको थियो।  

सरकारले गरेकाे टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० बढी रिट निवेदन दर्ता भएका छन् । जुन मुद्दा विचारधीन छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

सरकारले सुनचाँदी व्यवसायीहरूसँग ६ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित भएको छ ।
एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक १ मिनेटमै सकिएको छ । लामो समयपछि शुक्रबार बसेको बैठक करिब १ मिनेट बसेर स्थगित भएको हो ।
काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

व्यक्तिगततर्फको शेयर धितो कर्जाको सीमा रू १५ करोडबाट बढाएर रू २५ करोड पुर्‍याइएको छ । विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा दुई हजार पाँच सय अमेरिकी...

भर्खरै