नेभिगेशन
मुख्य समाचार

ज्योति विकास बैंकका कर्मचारीलाई उपमेयरकै परिवारबाट कुटपिट गर्दै मोसो दलेर जुत्ताको माला

काठमाडौँ । सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीलाई दुर्व्यवहार गरिएको छ । एक ऋणीको जग्गा लिलामिमा चढेपछि सो जग्गा हेर्न पुगेका बैंकका कर्मचारीलाई ऋणीका परिवारले कुटपिट गरेर मोसो दलेको र जुत्ताको माला लगाइदिएको बैंकको जनाएको छ । 

गत मंसिर २५ गते सो घटना भएको र कानुनी उपचारको बाटो अवलम्बन गरिएको बैंकका डेपुटी सिइयो एवम् सूचना अधिकारी प्रकाश बरालले सिधाकुरालाई जानकारी दिए । ‘ज्योति विकास बैंकका कर्मचारीलाई कुटपिट गरेर मोसो दल्ने तथा जुत्ताको माला लगाएर दुर्व्यवहार गरिएको छ,’ बरालले सिधाकुरासँग भने, ‘हाम्रा कर्मचारी ऋणीले ऋण नतिरेपछि लिलामीका लागि पत्रिकामा नाम निस्किएको जग्गाको स्थलगत निरीक्षणमा गएका थिए ।’ 

CG

बरालकाअनुसार सप्तरीको रुपणी शाखाका बैंकका दुई जना कर्मचारीमाथि अभद्र व्यवहार भएको हो । दुर्व्यहारपछि मनोवैज्ञानिक त्रासमा परेका कर्मचारीहरुको विवरण भने गोप्य राखिएको बैंकले जनाएको छ । 

बैंककाअनुसार कुटपिट गर्नेहरु ऋण र ऋणीका आफन्त तथा ऋण नतिरेको खण्डमा आफू रहेका भनी जमानी बसेकाहरु हुन् । सप्तकोशी नगरपालिका ७ का अध्यक्ष  जितन चौधरीले ओद्राह भन्ने गाउँमा सो घटना भएको आफूले थाहा पाएको सिधाकुरालाई बताए । उनकाअनुसार बैंकका कर्मचारीमाथि दुर्व्यवहार गरिएको घर परिवार नगरपालिकाकी उपमेयर एवम् न्यायिक समितिकी प्रमुख रिताकुमारी चौधरीको हो । 

‘उपमेयरको घरमा बैंकका कर्मचारीमाथि कुटपिट गरेर मोसो दलेको र जुत्ताको माला लगाएको मैले सुनेको हुुँ,’ वडा अध्यक्ष चौधरीले सिधाकुरासँग भने । उनकाअनुसार घटना भएपछि कोही पनि आफू कहाँ गुनासो वा उजुरीका लागि नआएको पनी वडाअध्यक्ष चौधरीले बताए ।  

यस्तै, नगरपालिकका मेयर श्रीकृष्णप्रसाद ढकालले पनि आफूले घटनाबारे सुनेको र थप जानकारी लिने प्रयास गरिररहेको सिधाकुरालाई बताए । आफ्नै घरमा बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहार बुझ्न पटक पटक सम्पर्क गर्दा उपमेयर चौधरी भने सिधाकुराको सम्पर्कमा आइनन् । 

यता बैंकले भने पीडकहरुमाथि कारबाहीका लागि कानुनी उपचार सुरु गरेको जनाएको छ । बैंकहरुको नियमक संस्था नेपाल राष्ट्र बैंकलाई घटनाबारे जानकारी गराई सकिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । “समयक्रमसँगै कांग्रेस...
नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको...
बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका सिसीटिभी क्यामेरा फुटाएका छन् भने फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन चोरेर लगेका छन् ।
तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत  (तस्बिरहरु)

तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत (तस्बिरहरु)

आयोजना अन्तर्गतका महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको...