नेभिगेशन
समाज

ज्योति विकास बैंकका कर्मचारीलाई उपमेयरकै परिवारबाट कुटपिट गर्दै मोसो दलेर जुत्ताको माला

काठमाडौँ । सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीलाई दुर्व्यवहार गरिएको छ । एक ऋणीको जग्गा लिलामिमा चढेपछि सो जग्गा हेर्न पुगेका बैंकका कर्मचारीलाई ऋणीका परिवारले कुटपिट गरेर मोसो दलेको र जुत्ताको माला लगाइदिएको बैंकको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत मंसिर २५ गते सो घटना भएको र कानुनी उपचारको बाटो अवलम्बन गरिएको बैंकका डेपुटी सिइयो एवम् सूचना अधिकारी प्रकाश बरालले सिधाकुरालाई जानकारी दिए । ‘ज्योति विकास बैंकका कर्मचारीलाई कुटपिट गरेर मोसो दल्ने तथा जुत्ताको माला लगाएर दुर्व्यवहार गरिएको छ,’ बरालले सिधाकुरासँग भने, ‘हाम्रा कर्मचारी ऋणीले ऋण नतिरेपछि लिलामीका लागि पत्रिकामा नाम निस्किएको जग्गाको स्थलगत निरीक्षणमा गएका थिए ।’ 

Ncell
Extreme Energy

बरालकाअनुसार सप्तरीको रुपणी शाखाका बैंकका दुई जना कर्मचारीमाथि अभद्र व्यवहार भएको हो । दुर्व्यहारपछि मनोवैज्ञानिक त्रासमा परेका कर्मचारीहरुको विवरण भने गोप्य राखिएको बैंकले जनाएको छ । 

बैंककाअनुसार कुटपिट गर्नेहरु ऋण र ऋणीका आफन्त तथा ऋण नतिरेको खण्डमा आफू रहेका भनी जमानी बसेकाहरु हुन् । सप्तकोशी नगरपालिका ७ का अध्यक्ष  जितन चौधरीले ओद्राह भन्ने गाउँमा सो घटना भएको आफूले थाहा पाएको सिधाकुरालाई बताए । उनकाअनुसार बैंकका कर्मचारीमाथि दुर्व्यवहार गरिएको घर परिवार नगरपालिकाकी उपमेयर एवम् न्यायिक समितिकी प्रमुख रिताकुमारी चौधरीको हो । 

‘उपमेयरको घरमा बैंकका कर्मचारीमाथि कुटपिट गरेर मोसो दलेको र जुत्ताको माला लगाएको मैले सुनेको हुुँ,’ वडा अध्यक्ष चौधरीले सिधाकुरासँग भने । उनकाअनुसार घटना भएपछि कोही पनि आफू कहाँ गुनासो वा उजुरीका लागि नआएको पनी वडाअध्यक्ष चौधरीले बताए ।  

यस्तै, नगरपालिकका मेयर श्रीकृष्णप्रसाद ढकालले पनि आफूले घटनाबारे सुनेको र थप जानकारी लिने प्रयास गरिररहेको सिधाकुरालाई बताए । आफ्नै घरमा बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहार बुझ्न पटक पटक सम्पर्क गर्दा उपमेयर चौधरी भने सिधाकुराको सम्पर्कमा आइनन् । 

यता बैंकले भने पीडकहरुमाथि कारबाहीका लागि कानुनी उपचार सुरु गरेको जनाएको छ । बैंकहरुको नियमक संस्था नेपाल राष्ट्र बैंकलाई घटनाबारे जानकारी गराई सकिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै