नेभिगेशन
सबै कुरा

कवाडी गोदाममा आगलागी हुँदा एकको मृत्यु, ४ घाइते

विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा गोदाममा काम गर्ने एक जनाको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार दिउँसो विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएका छन् । आगलागीबाट सख्त घाइते भएका एकको न्यूरो अस्पतालमा मृत्यु भएको हो । 

Ncell
Extreme Energy

मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने घाइते हुनेमा अजिता सरदार, सुशीला पासवान, पिंकी कामत र किशोर कामत रहेका छन् । 

आगलागीबाट घाइते भएका अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर छ । त्यस्तै प्रहरीले आगलागीको कारण एकिन नभएपनि अनुसन्धान जारी रहेको बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यदलको प्रतिवेदनमार्फत पुनर्गठनको बहसमार्फत पार्टीलाई विवाद र अन्तरध्वंश तर्फ धकेल्न खोजिएको बताएका छन् ।
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ ।