नेभिगेशन
सबै कुरा

कवाडी गोदाममा आगलागी हुँदा एकको मृत्यु, ४ घाइते

विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा गोदाममा काम गर्ने एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएका छन् । आगलागीबाट सख्त घाइते भएका एकको न्यूरो अस्पतालमा मृत्यु भएको हो । 

मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने घाइते हुनेमा अजिता सरदार, सुशीला पासवान, पिंकी कामत र किशोर कामत रहेका छन् । 

आगलागीबाट घाइते भएका अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर छ । त्यस्तै प्रहरीले आगलागीको कारण एकिन नभएपनि अनुसन्धान जारी रहेको बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्री ५ महाराजधिराज सरकार’ भनी विज्ञप्ति निकाल्ने पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव प्रहरी नियन्त्रणमा

‘श्री ५ महाराजधिराज सरकार’ भनी विज्ञप्ति निकाल्ने पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव प्रहरी नियन्त्रणमा

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले शुक्रबार बिहान सोधपुछका लागि नियन्त्रणमा लिएको छ। पाठकले पूर्वराजाका तर्फबाट निकालिने विज्ञप्तीमा ‘श्री ५ महाराजधिराज’ भनी सम्बोधन गर्ने गरेका कारण...
३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताएका छन् ।
धरहरा चढ्नेहरुबाट ७ महिनामा उठाइयो करिब पाँच करोड

धरहरा चढ्नेहरुबाट ७ महिनामा उठाइयो करिब पाँच करोड

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतहासिक धरहराबाट रु चार करोड ८३ लाखभन्दा  बढी राजस्व सङ्कलन गरिएको छ ।
प्रधानमन्त्री निवास अगाडि नेविसंघको नाराबाजी, ‘शैक्षिक माफिया होसियार !’ (तस्बिरहरू)

प्रधानमन्त्री निवास अगाडि नेविसंघको नाराबाजी, ‘शैक्षिक माफिया होसियार !’ (तस्बिरहरू)

नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । ने.वि.संघ जिल्ला कार्यसमितिको झन्डा बोकेर बालुवाटार पुगेका उनीहरूले प्रधानमन्त्रीविरुद्ध विभिन्न नाराबाजी गरेका हुन् ।