नेभिगेशन
मुख्य समाचार

रविको रिहाई: काठमाडौँ देखि रुपन्देही हुँदै नवलपरासी र चितवनसम्म कार्यक्रम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज छुट्दैछन् । उनको रिहाईलाई विशेष बनाउन रास्वपाले विशेष कार्यक्रम तय गरेको सो पार्टीका प्रवक्ता मनिष झाले सिधाकुरालाई बताए ।

उनकाअनुसार शुक्रबार बिहान ७ बजेर ५५ मिनेटको फ्लाइटमा रविलाई नख्खु कारागार प्रशासनले रूपन्देही लैजाने छ । रूपन्देही जिल्ला अदालत पुगेपछि त्यहाँ तारिख बुझ्ने लगायतका अदालती प्रशासनिक काम हुनेछ । त्यसपछि अदालतले लामिछानेलाई रिहा भएको पत्र दिनेछ र परिवारको जिम्मा लगाउने छ । रविलाई स्वागत गर्न रास्वापा कार्यवाहक सभापति डाेलप्रसाद अर्याल लगायतका पार्टीका पदाधिकारीहरु पनि रुपन्देही जानेछन् । 

CG

करिब मध्यदिनको १२ बजेसम्ममा यो काम सकिने प्रवक्ता झा बताउँछन् । सो प्रक्रियापछि रविले रूपन्देहीमा जम्मा भएका नेता, कार्यकर्ता र शुभचिन्तकमाझ भेटघाट गर्ने कार्यक्रम तय भएको झाले बताए।
रूपन्देही र भैरहवाको कार्यक्रम सकिएपछि रवि दिउँसो १ बजे आपास स्थलमार्ग हुँदै नवलपरासी र चितवनतर्फ लाग्नेछन् । चितवनसम्म पुग्दा उनले बाटोका चार फरक फरक ठाउँमा उपस्थित भएका पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकमाझ भेट गर्नेछन् । 

नवलपरासी पूर्व र पश्चिम दुवै जिल्लाका नेताहरूले यसरी भेटघाट र स्वागतको कार्यक्रम तय गरिसकेको रास्वपाले जनाएको छ । यस्तै, रवि शुक्रबार साँझ नै चितवन आइपुग्नेछन् र आफ्ना नेता कार्यकर्ता एवम् शुभचिन्तक भेट गर्नेछन् । 

शनिवार बिहान ११ बजे रविको स्वागतका लागि जिल्ला पार्टी कार्यालय चितवनले भरतपुरमा खुला सभाको कार्यक्रम तय गरेको छ । चौबिसकोठी वा जिल्ला प्रशासन अघिको चौरमा सो कार्यक्रम हुने रास्वपा चितवनले जनाएको छ । रविले त्यहाँ सम्बोधन गरेपछि उनी शनिबार हवाई मार्ग हुँदै काठमाडौँ फर्कने छन् । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक बाहिर रास्वपाले रविलाई स्वागत गर्ने कार्यक्रम तय गरेको छ । त्यहाँबाट रवि सिधै पार्टी कार्यालय वनस्थली आउनेछन् । पार्टी कार्यालयमा उनले जेनजी आन्दोलनका शहीदका परिवार र घाइते तथा उनीहरूको परिवारसँग भेट गर्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने...
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी...
भैरहवा जाँदै रवि लामिछाने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे आन्तरिक उडान कक्षामा  (फोटो फिचर)

भैरहवा जाँदै रवि लामिछाने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे आन्तरिक उडान कक्षामा (फोटो फिचर)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा लैजान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुर्याइएको छ । उच्च अदालत तुलसिपुर, बुटवल इजलासले रिहा गर्न आदेश दिएसँगै कानुनी प्रक्रिया पुरा गर्न उनलाई...