नेभिगेशन
समाज

रविको रिहाई: काठमाडौँ देखि रुपन्देही हुँदै नवलपरासी र चितवनसम्म कार्यक्रम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज छुट्दैछन् । उनको रिहाईलाई विशेष बनाउन रास्वपाले विशेष कार्यक्रम तय गरेको सो पार्टीका प्रवक्ता मनिष झाले सिधाकुरालाई बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनकाअनुसार शुक्रबार बिहान ७ बजेर ५५ मिनेटको फ्लाइटमा रविलाई नख्खु कारागार प्रशासनले रूपन्देही लैजाने छ । रूपन्देही जिल्ला अदालत पुगेपछि त्यहाँ तारिख बुझ्ने लगायतका अदालती प्रशासनिक काम हुनेछ । त्यसपछि अदालतले लामिछानेलाई रिहा भएको पत्र दिनेछ र परिवारको जिम्मा लगाउने छ । रविलाई स्वागत गर्न रास्वापा कार्यवाहक सभापति डाेलप्रसाद अर्याल लगायतका पार्टीका पदाधिकारीहरु पनि रुपन्देही जानेछन् । 

Ncell
Extreme Energy

करिब मध्यदिनको १२ बजेसम्ममा यो काम सकिने प्रवक्ता झा बताउँछन् । सो प्रक्रियापछि रविले रूपन्देहीमा जम्मा भएका नेता, कार्यकर्ता र शुभचिन्तकमाझ भेटघाट गर्ने कार्यक्रम तय भएको झाले बताए।
रूपन्देही र भैरहवाको कार्यक्रम सकिएपछि रवि दिउँसो १ बजे आपास स्थलमार्ग हुँदै नवलपरासी र चितवनतर्फ लाग्नेछन् । चितवनसम्म पुग्दा उनले बाटोका चार फरक फरक ठाउँमा उपस्थित भएका पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकमाझ भेट गर्नेछन् । 

नवलपरासी पूर्व र पश्चिम दुवै जिल्लाका नेताहरूले यसरी भेटघाट र स्वागतको कार्यक्रम तय गरिसकेको रास्वपाले जनाएको छ । यस्तै, रवि शुक्रबार साँझ नै चितवन आइपुग्नेछन् र आफ्ना नेता कार्यकर्ता एवम् शुभचिन्तक भेट गर्नेछन् । 

शनिवार बिहान ११ बजे रविको स्वागतका लागि जिल्ला पार्टी कार्यालय चितवनले भरतपुरमा खुला सभाको कार्यक्रम तय गरेको छ । चौबिसकोठी वा जिल्ला प्रशासन अघिको चौरमा सो कार्यक्रम हुने रास्वपा चितवनले जनाएको छ । रविले त्यहाँ सम्बोधन गरेपछि उनी शनिबार हवाई मार्ग हुँदै काठमाडौँ फर्कने छन् । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक बाहिर रास्वपाले रविलाई स्वागत गर्ने कार्यक्रम तय गरेको छ । त्यहाँबाट रवि सिधै पार्टी कार्यालय वनस्थली आउनेछन् । पार्टी कार्यालयमा उनले जेनजी आन्दोलनका शहीदका परिवार र घाइते तथा उनीहरूको परिवारसँग भेट गर्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ भोलि संसद्‍मा सभामुखले पेश गर्ने विशेष प्रस्ताव

यस्तो छ भोलि संसद्‍मा सभामुखले पेश गर्ने विशेष प्रस्ताव

भोलिको बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले विशेष प्रस्ताव पेश गर्नेछन् ।
महाकालीमा पानीको बहाव बढेपछि बनवासा पुल बन्द

महाकालीमा पानीको बहाव बढेपछि बनवासा पुल बन्द

महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज (बनवासा पुल) आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
हाइड्रोका टनेलमा उद्धार प्रगति के छ ?

हाइड्रोका टनेलमा उद्धार प्रगति के छ ?

भोटेकोशी बाढीको सातौँ दिन आज पनि भोटेकोशी र त्रिशूली नदीका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको खोजी जारी छ ।