नेभिगेशन
मुख्य समाचार

देशमाथि अन्याय गर्नेका विरुद्ध लड्न बाँकी नै छ:रवि

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेशले उनी शुकबार थुनामुक्त भएका हुन् ।

ललितपुरस्थित नख्खु कारागारबाट रूपन्देही जिल्ला अदालत पुर्याएर पहरीले रविलाई थुनामुक्त गरेको हो । थुनामुक्त भएसँगै रविले आफ्ना शुभचिन्तक र कार्यकर्ताहरूलाई सङ्क्षिप्त सम्बोधन गरेका छन् ।

CG

सो क्रममा उनले देशमाथि भएको अन्यायको लडाइँ लड्न बाँकी नै रहेको प्रतिक्रिया दिए । ‘न्यायको लडाइँ लड्न बाँकी नै छ । त्यो लडाइँ मेरो न्यायको होइन । यो देशको न्यायका लागि  लड्न बाँकी छ ।

यिनीहरूले यो देशको लागि गरेको अन्यायका लागि लड्न बाँकी नै छ,’ रविले भने ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
'केपी बा' IS BACK !

'केपी बा' IS BACK !

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

प्रहरीले झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूरमा उनलाई पक्राउ परेको हो। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबारमा भ्रामक सूचना सार्वजनिक...
रास्वपा सभापतिले गरेको साहस आम युवाका लागि अनुकरणीयः स्वर्णीम वाग्ले

रास्वपा सभापतिले गरेको साहस आम युवाका लागि अनुकरणीयः स्वर्णीम वाग्ले

आज बागलुङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वाग्लेले पुराना पात्र र प्रवृतिका विरुद्ध बोलेका कारण पुराना दलहरूले रविमाथि प्रतिशोध साँधेको प्रमाणित भएको बताएका हुन् । उनले भने, “रास्वपा सभापतिले...
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका छन् ।