नेभिगेशन
मुख्य समाचार

कांग्रेसले निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छः नेता डा.कोइराला

मोरङ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन् ।

‘नेपाली कांग्रेस र नेपालको यात्रा, ‘हिजो, आज, भोलि’ चुनौती अवसर र सम्भावना’बारे युवासँग संवाद विषयक आज विराटनगरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता डा कोइरालाले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन केन्द्रीय समितिले निर्णय गरिसकेको जानकारी दिए ।

CG

नेता डा कोइरालाले सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षा, जघन्य अपराध गरेका पाँच हजार फरार कैदी पक्राउ एवं लुटिएका हातहतियार बरामद गरी प्रहरीको मनोवल उठाउने कार्य गर्नुपर्ने सुझाव दिए । उनले भने, “वर्तमान अवस्थामा निर्वाचनबाहेक अर्को कुनै विकल्प नभएकाले तोकिएको समयमा सम्पन्न गर्न सरकारले आफ्नो कार्य गर्नुपर्छ ।” 

सम्पूर्ण राजनीतिक दलका युवापुस्तालाई स्थानीय निकायमा ४०, प्रदेशमा ३० र सङ्घमा २० प्रतिशत प्रतिनिधित्व गराएमा मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शीता र जवाफदेहिता कायम हुनसक्ने उनको भनाइ थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कलाकार धतुरेको किन आलोचना भइरहेको छ ?

कलाकार धतुरेको किन आलोचना भइरहेको छ ?

रवि आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक भएकै दिन नै रहेको सो पार्टीको भेलामा धतुरेले रवि सहकारीको रकम अपचलन गरेको अभिव्यक्ति दिएका थिए । पार्टी प्रवेश गरेकै दिन आफ्नो पार्टी...
खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले किसानलाई सहज हुनेगरी खेतखेतमा विद्युतीकरण गरेर लागत घटाउनु पर्ने बताए ।  उनले विकासको नाममा जथाभावी...
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

उक्त भेटघाटमा सरकारका तर्फबाट प्रधानमन्त्री सहित गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल सहभागी छन् । त्यस्तै रास्वपाबाट लामिछानेसहित उपसभापतिद्वय डिपी अर्याल र डा.स्वर्णिम वाग्ले, नेताहरु सोविता गौतम,...
सभापतिको कार्यभार सम्हाल्दै रविले सम्झिए डिपीको त्यो प्रस्तावः ‘जेलको कार्यवाहक दिन मिल्दैन ?’

सभापतिको कार्यभार सम्हाल्दै रविले सम्झिए डिपीको त्यो प्रस्तावः ‘जेलको कार्यवाहक दिन मिल्दैन ?’

अर्यालले सो दिन रविलाई भनेका थिए, ‘पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाई पनि कार्यवाहकलाई दिन मिल्दैन ? मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु। देशलाई...