नेभिगेशन
समाज

कांग्रेसले निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छः नेता डा.कोइराला

मोरङ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘नेपाली कांग्रेस र नेपालको यात्रा, ‘हिजो, आज, भोलि’ चुनौती अवसर र सम्भावना’बारे युवासँग संवाद विषयक आज विराटनगरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता डा कोइरालाले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन केन्द्रीय समितिले निर्णय गरिसकेको जानकारी दिए ।

Ncell
Extreme Energy

नेता डा कोइरालाले सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षा, जघन्य अपराध गरेका पाँच हजार फरार कैदी पक्राउ एवं लुटिएका हातहतियार बरामद गरी प्रहरीको मनोवल उठाउने कार्य गर्नुपर्ने सुझाव दिए । उनले भने, “वर्तमान अवस्थामा निर्वाचनबाहेक अर्को कुनै विकल्प नभएकाले तोकिएको समयमा सम्पन्न गर्न सरकारले आफ्नो कार्य गर्नुपर्छ ।” 

सम्पूर्ण राजनीतिक दलका युवापुस्तालाई स्थानीय निकायमा ४०, प्रदेशमा ३० र सङ्घमा २० प्रतिशत प्रतिनिधित्व गराएमा मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शीता र जवाफदेहिता कायम हुनसक्ने उनको भनाइ थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।