नेभिगेशन
समाज

कलाकार धतुरेको किन आलोचना भइरहेको छ ?

काठमाडौँ । यतिबेला हास्य कलाकार चिरञ्जीवी पुडासैनी उर्फ धतुरे सामाजिक सञ्जालमा आलोचनाको शिकार भइरहेका छन् । शनिबार एक राजनीतिक कार्यक्रममा दिएको उनको अभिव्यक्ति विवादमा परेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उज्यालो नेपाल पार्टीको चितवनमा आयोजित कार्यक्रममा पुडासैनीले रवि लामिछानेको आलोचना गरेका थिए ।

Ncell
Extreme Energy

शनिबार मात्रै उनी कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए । चितवनमा आयोजित कार्यक्रममा उनी घिसिङसँग पार्टी प्रवेश गरेर एक भाषण दिएका थिए । 

उनी प्रवेश गरेको पार्टीको कार्यक्रम र रविको निर्वाचन क्षेत्रमै थियो । जहाँ रास्वपाका हजारौँ कार्यकर्ता रविको स्वागतका लागि भेला भएका थिए । 

रवि आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक भएकै दिन नै रहेको सो पार्टीको भेलामा धतुरेले रवि सहकारीको रकम अपचलन गरेको अभिव्यक्ति दिएका थिए । पार्टी प्रवेश गरेकै दिन आफ्नो पार्टी मात्रै सफा रहेको दाबी गर्दै उनले रवि विरुद्ध आक्रोश पोखेका थिए । 

तर, उनै कलाकार धतुरे केही महिना अघि मात्रै रविमाथि राजनीतिक प्रतिशोध भएको भन्दै रविको पक्षमा हस्ताक्षर अभियानमा सहभागी भएका थिए ।

dhature-hastakshyar-1766334217.jpg
रविका दाइ हरिशरण लामिछाने लगायतले भक्तपुरको नगरकोटमा गरेको हस्ताक्षर अभियानमा उनै धतुरे सहभागी भएका थिए । गत जुलाई ४ मा उनले आफ्नो फोटोसहितको एक सन्देश पोष्ट गर्दै मैले त हस्ताक्षर गरिसके तपाईंले नी भन्दै फेसबुकमा लेखेका थिए । 

अहिले उनै धतुरेले दोहोरो कुरा गरेको भन्दै उनको आलोचना गरेका हुुन् । पाँच महिना अघि र अहिले फरक फरक कुरा गरेको भन्दै उनलाई मानिसहरूले दुई जिब्रेको संज्ञ दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।