नेभिगेशन
मुख्य समाचार

फागुन २१ मै निर्वाचन सम्पन्न गर्न सरकार र रास्वपा एकमत

काठमाडौँ । सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सहमत भएका छन् । आइतबार प्रधानमन्त्री सुशीला कार्की तथा सरकारका प्रमुख मन्त्रीहरू तथा रास्वपा  सभापति रवि लामिछानेसहितका नेताहरूसँगको भेटमा यस्तो सहमति भएको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।

छलफलमा रास्वपाले घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सरकारको तयारीबारे चासो राखेको र सरकारकोतर्फबाट घनिभूत तयारी भइरहेको मन्त्री खरेलले बताए । 

CG

‘तोकिएको फागुन २१ कै मितिमा निर्वाचन सम्पन्न गर्न सरकार र रास्वपा एकमत भएका छौँ,’ मन्त्री खरेलले भने, ‘सरकारकोतर्फबाट निर्वाचन तयारीका लागि भइरहेका कामकुराबारे स्पष्ट पार्ने काम भयो ।’ 

भेटमा सरकारकोतर्फबाट प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार मन्त्री एवम् प्रवक्ता जगदिश खरेल सहभागी थिए । यस्तै, रास्वपाकोतर्फबाट सभापति रवि लामिछाने, उपसभापतिद्धय डिपी अर्याल र डा.स्वर्णीम वाग्ले,महामन्त्री कविन्द्र बुर्लाकोटी तथा नेताहरू सचिवालय सदस्यद्धय शिशिर खनाल र सोविता गौतम सहभागी भएका थिए। 

बैठकबारे सिधाकुरासँग कुरा गर्दै रास्वपा सचिवालय सदस्य एवम् पूर्वमन्त्री शिशिर खनालले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने विषयमा छलफल भएको बताए ।

रास्वपाले निर्वाचनमा भाग लिने र त्यसका लागि अभियानहरू समेत थालनी भइसकेको विषयमा सरकारलाई अवगत गराएको नेता खनालको भनाई छ । यस्तै, सरकारको निर्वाचन तयारी, सुरक्षा व्यवस्था लगायतका विषयमा आफूहरूको स्वभाविक चासो रहेको पनि नेता खनालले प्रष्ट्याए ।

यस्तै नेतृ साेबिता गाैतमकाअनुसार सम्मानित अदालतको आदेशअनुसार जमानत प्राप्त भएसँगै पार्टी सभापतिले औपचारिक रूपमा पुनः सभापतिको जिम्मेवारी सम्हाल्नुभएको जानकारी सरकारलाई गराइएकाे जानकारी दिइन । साथै,आगामी निर्वाचनको सन्दर्भमा जेनजी पुस्ताको राजनीतिक सहभागिताबारे पनी छलफल भएकाे उनकाे भनाई छ ।

संघीय निर्वाचनमा उम्मेदवारी दिन संविधानले न्यूनतम २५ वर्ष उमेर तोकेको भए पनि, २१ वर्षमै उम्मेदवारी दिन पाउने माग उठिरहेको अवस्थामा, संविधान संशोधनसम्बन्धी बहस चलिरहेकाले उक्त विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने चासो प्रधानमन्त्री समक्ष सभापतिले राख्नुभएकाे पनि उनले बताइन । 

भेटमा सभापति लामिछानेले हालै जेनजी र सरकारबीच भएको सम्झौता कार्यान्वयनको विषयमा पनी चासो व्यक्त गरेकाे उनले बताइन् । घाइते, सहिद परिवार तथा समग्र युवा पुस्तालाई सम्मानजनक रोजगारीसँग जोड्नुपर्ने विषयमा रास्वपाको जोड दिएकाे उनकाे भनाई छ। 

समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने, निर्वाचन गराउन आवश्यक वातावरण निर्माण गर्नुपर्ने तथा निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाइनुपर्ने विषयमा पार्टीको स्पष्ट प्रतिबद्धता दोहोर्याइएकाे गाैतमले जानकारी दिइन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कलाकार धतुरेको किन आलोचना भइरहेको छ ?

कलाकार धतुरेको किन आलोचना भइरहेको छ ?

रवि आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक भएकै दिन नै रहेको सो पार्टीको भेलामा धतुरेले रवि सहकारीको रकम अपचलन गरेको अभिव्यक्ति दिएका थिए । पार्टी प्रवेश गरेकै दिन आफ्नो पार्टी...
खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले किसानलाई सहज हुनेगरी खेतखेतमा विद्युतीकरण गरेर लागत घटाउनु पर्ने बताए ।  उनले विकासको नाममा जथाभावी...
कांग्रेसले निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छः नेता डा.कोइराला

कांग्रेसले निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छः नेता डा.कोइराला

‘नेपाली कांग्रेस र नेपालको यात्रा, ‘हिजो, आज, भोलि’ चुनौती अवसर र सम्भावना’बारे युवासँग संवाद विषयक आज विराटनगरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता डा कोइरालाले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागी...
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

उक्त भेटघाटमा सरकारका तर्फबाट प्रधानमन्त्री सहित गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल सहभागी छन् । त्यस्तै रास्वपाबाट लामिछानेसहित उपसभापतिद्वय डिपी अर्याल र डा.स्वर्णिम वाग्ले, नेताहरु सोविता गौतम,...