नेभिगेशन
समाज

फागुन २१ मै निर्वाचन सम्पन्न गर्न सरकार र रास्वपा एकमत

काठमाडौँ । सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सहमत भएका छन् । आइतबार प्रधानमन्त्री सुशीला कार्की तथा सरकारका प्रमुख मन्त्रीहरू तथा रास्वपा  सभापति रवि लामिछानेसहितका नेताहरूसँगको भेटमा यस्तो सहमति भएको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छलफलमा रास्वपाले घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सरकारको तयारीबारे चासो राखेको र सरकारकोतर्फबाट घनिभूत तयारी भइरहेको मन्त्री खरेलले बताए । 

Ncell
Extreme Energy

‘तोकिएको फागुन २१ कै मितिमा निर्वाचन सम्पन्न गर्न सरकार र रास्वपा एकमत भएका छौँ,’ मन्त्री खरेलले भने, ‘सरकारकोतर्फबाट निर्वाचन तयारीका लागि भइरहेका कामकुराबारे स्पष्ट पार्ने काम भयो ।’ 

भेटमा सरकारकोतर्फबाट प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार मन्त्री एवम् प्रवक्ता जगदिश खरेल सहभागी थिए । यस्तै, रास्वपाकोतर्फबाट सभापति रवि लामिछाने, उपसभापतिद्धय डिपी अर्याल र डा.स्वर्णीम वाग्ले,महामन्त्री कविन्द्र बुर्लाकोटी तथा नेताहरू सचिवालय सदस्यद्धय शिशिर खनाल र सोविता गौतम सहभागी भएका थिए। 

बैठकबारे सिधाकुरासँग कुरा गर्दै रास्वपा सचिवालय सदस्य एवम् पूर्वमन्त्री शिशिर खनालले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने विषयमा छलफल भएको बताए ।

रास्वपाले निर्वाचनमा भाग लिने र त्यसका लागि अभियानहरू समेत थालनी भइसकेको विषयमा सरकारलाई अवगत गराएको नेता खनालको भनाई छ । यस्तै, सरकारको निर्वाचन तयारी, सुरक्षा व्यवस्था लगायतका विषयमा आफूहरूको स्वभाविक चासो रहेको पनि नेता खनालले प्रष्ट्याए ।

यस्तै नेतृ साेबिता गाैतमकाअनुसार सम्मानित अदालतको आदेशअनुसार जमानत प्राप्त भएसँगै पार्टी सभापतिले औपचारिक रूपमा पुनः सभापतिको जिम्मेवारी सम्हाल्नुभएको जानकारी सरकारलाई गराइएकाे जानकारी दिइन । साथै,आगामी निर्वाचनको सन्दर्भमा जेनजी पुस्ताको राजनीतिक सहभागिताबारे पनी छलफल भएकाे उनकाे भनाई छ ।

संघीय निर्वाचनमा उम्मेदवारी दिन संविधानले न्यूनतम २५ वर्ष उमेर तोकेको भए पनि, २१ वर्षमै उम्मेदवारी दिन पाउने माग उठिरहेको अवस्थामा, संविधान संशोधनसम्बन्धी बहस चलिरहेकाले उक्त विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने चासो प्रधानमन्त्री समक्ष सभापतिले राख्नुभएकाे पनि उनले बताइन । 

भेटमा सभापति लामिछानेले हालै जेनजी र सरकारबीच भएको सम्झौता कार्यान्वयनको विषयमा पनी चासो व्यक्त गरेकाे उनले बताइन् । घाइते, सहिद परिवार तथा समग्र युवा पुस्तालाई सम्मानजनक रोजगारीसँग जोड्नुपर्ने विषयमा रास्वपाको जोड दिएकाे उनकाे भनाई छ। 

समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने, निर्वाचन गराउन आवश्यक वातावरण निर्माण गर्नुपर्ने तथा निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाइनुपर्ने विषयमा पार्टीको स्पष्ट प्रतिबद्धता दोहोर्याइएकाे गाैतमले जानकारी दिइन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आजदेखि जग्गा धितो-बन्धकी तथा रोक्का-फुकुवा बैंकबाटै

आजदेखि जग्गा धितो-बन्धकी तथा रोक्का-फुकुवा बैंकबाटै

मन्त्रालयका अनुसार भूमि प्रशासन निर्देशिका, २०८१ को दफा ३९२ को उपदफा (४)बमोजिम बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी कार्यलाई चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण...
९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित बिभिन्न कन्सल्टेन्सीमा छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ ओटा कन्सल्टेन्सीमा छापा मारेको हो ।
साढे ७ खर्ब पुग्यो बेरुजु, १ वर्षमै थपियो ८८ अर्ब ९ करोड

साढे ७ खर्ब पुग्यो बेरुजु, १ वर्षमै थपियो ८८ अर्ब ९ करोड

महालेखारपीक्षकको कार्यालयले आव २०८१/८२ मा सङ्घीय, प्रदेश , स्थानीय तह, सङ्गठित संस्था र सङ्घीय कानुनद्वारा तोकिएका अन्य संस्था तथा समितिको रु ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको...
सर्वोच्चको आदेशमा छुटे पाण्डे

सर्वोच्चको आदेशमा छुटे पाण्डे

आजै सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा रिहा गर्न आदेश दिएको थियो।