नेभिगेशन
समाज

बैंककबाट काठमाडौँ आएका भारतीय नागरिक गाँजासहित पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडानहुँदै बैंककबाट काठमाडौँ आएका रञ्जितलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला परेपछि पक्राउ गरेको हो ।

Ncell
Extreme Energy

सोही लागूऔषध सङ्कलन गर्न आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तरराष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले कोशीमा रडाको

एमाले कोशीमा रडाको

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठनमा तीन बुँदे सहमति भएसँग कोशी प्रदेशको मुख्यमन्त्रीमा विवाद देखिएको छ ।
एमबिएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

एमबिएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको विशेष पहलपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
कांग्रेस सभापति थापाको भारत भ्रमण स्थगित

कांग्रेस सभापति थापाको भारत भ्रमण स्थगित

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको भारत भ्रमण स्थगित भएको छ ।