नेभिगेशन
समाज

समयमा महाधिवेशन नभए कांग्रेस निर्वाचनमा सहभागी हुँदैनः गगन थापा

काठमडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार काठमाडौंमा काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै महामन्त्री थापाले आफु पार्टीको आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वार भएको बताएका हुन् । उनले समयमा नै पार्टीको महाधिवेशन गर्न आफु क्रियाशिल रहेपनि बिभिन्न स्थानमा क्रियाशील सदस्यको काम ढिला भइरहेको बताए ।

Ncell
Extreme Energy

अहिले पनि केहि नेताले महाधिवेशन सार्ने कुरा गरिरहेको भन्दै उनले पार्टीको महाधिवशेन सम्पन्न नभइ आम निर्वाचनमा सहभागी नहुने बताए । उनले नियमित महाधिवशेनलाई अवरुद्ध गर्ने काम भए विशेष महाधिवेशनले भएपनि एउटा परिणाम निकाल्ने बताए ।

त्यस्तै महामन्त्री थापाले संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुनुपर्ने र संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसले निर्वाह गर्नुपर्नेमा जोड दिए । निर्वाचनपछि भ्रष्टाचार र कुशासन अन्त्यका साथै कुनैपनि संस्थालाई दलीयकरण गर्ने प्रवृत्तिलाई कांग्रेसले अन्त्य गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

उहाले निर्वाचनमा जाँदा यसअघि भएका कमजोरीप्रति जनतासमक्ष क्षमा माग्दै त्यसलाई नदोहराउने प्रतिवद्धता जनाउनुपर्ने बताए । अव पनि तोकिएको  समयमा निर्वाचन हुन नसके देश अनिश्चिततातर्फ फर्कने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।