नेभिगेशन
मुख्य समाचार

समयमा महाधिवेशन नभए कांग्रेस निर्वाचनमा सहभागी हुँदैनः गगन थापा

काठमडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै महामन्त्री थापाले आफु पार्टीको आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वार भएको बताएका हुन् । उनले समयमा नै पार्टीको महाधिवेशन गर्न आफु क्रियाशिल रहेपनि बिभिन्न स्थानमा क्रियाशील सदस्यको काम ढिला भइरहेको बताए ।

CG

अहिले पनि केहि नेताले महाधिवेशन सार्ने कुरा गरिरहेको भन्दै उनले पार्टीको महाधिवशेन सम्पन्न नभइ आम निर्वाचनमा सहभागी नहुने बताए । उनले नियमित महाधिवशेनलाई अवरुद्ध गर्ने काम भए विशेष महाधिवेशनले भएपनि एउटा परिणाम निकाल्ने बताए ।

त्यस्तै महामन्त्री थापाले संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुनुपर्ने र संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसले निर्वाह गर्नुपर्नेमा जोड दिए । निर्वाचनपछि भ्रष्टाचार र कुशासन अन्त्यका साथै कुनैपनि संस्थालाई दलीयकरण गर्ने प्रवृत्तिलाई कांग्रेसले अन्त्य गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

उहाले निर्वाचनमा जाँदा यसअघि भएका कमजोरीप्रति जनतासमक्ष क्षमा माग्दै त्यसलाई नदोहराउने प्रतिवद्धता जनाउनुपर्ने बताए । अव पनि तोकिएको  समयमा निर्वाचन हुन नसके देश अनिश्चिततातर्फ फर्कने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

“नेपाल बहुप्रकोपीय विपद् जोखिमको हिसाबले अत्यन्त संवेदनशील मुलुकको रूपमा रहेको छ । बाढीपहिरो, खडेरी, आगलागी, चट्याङ, तातो हावाको लहर (लु), अत्यधिक गर्मी, शीतलहर, महामारीलगायत जल तथा मौसमजन्य विपद्हरूले...
मनाइयो ७०औँ बार स्थापना दिवस

मनाइयो ७०औँ बार स्थापना दिवस

बारको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउत, न्यायाधीशहरु, बारका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रसहित कानुन व्यवसायीहरुले संस्थापकहरुको तस्बिरमा मार्लापण गरेका थिए ।
सरकारको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

सरकारको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

जेनजीका विगतका माग पूरा नगरेको भन्दै उनीहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । माइतीघरमा मिराज ढुंगाना,निकोलस भुसालको समूह देखिएको छ ।
शैक्षिक हड्ताल, उपत्यका स्कुलहरू बन्द

शैक्षिक हड्ताल, उपत्यका स्कुलहरू बन्द

आन्दोलनका कारण भन्दा पनि सुरक्षा संवेदनशीलताका कारण विद्यालयमा बन्द गरिएको एक निजी विद्यालय सञ्चालकले सिधाकुरासँग बताए ।  उनले भने आन्दोलनका नाममा आएर विद्यार्थीको सुरक्षामा खतरा हुन सक्ने डरले...