नेभिगेशन
मुख्य समाचार

नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः शेरधन राई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएमा एमाले सहभागी हुने बताएका छन् । 

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले तोकिएको मितिमा चुनाव गराएमा एमाले सहभागी हुने तर हालसम्म चुनावको वातावरण सरकारले नबनाएको उनले आरोप लगाए । 

CG

कोशी प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहेका राईले प्रदेश सरकार चाँडै पुनर्गठन हुने समेत बताए । उनले यसअघि नै पुनर्गठनको तयारी गरिए पनि महाधिवेशनलगायतका कारणले ढिलाइ भएकाले अब चाँडै मन्त्रिपरिषद् हेरफेर हुने जानकारी दिए । 

उनले प्रदेश सरकार पुनर्गठनका लागि सत्ता साझेदार दल नेपाली कांग्रेससँग एकदुई दिनमा छलफल हुने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि र बालेनको भेटवार्ता

रवि र बालेनको भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ ।  रास्वपाका सभापति लामिछाने सहित उपसभापति डिपी अर्याल सहभागी छन् ।
‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’

‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’

यसरी गफ गर्नेमा शिक्षक, कर्मचारी, राजनीतिकर्मी र अगुवा नागरिक हुन्छन् । हरेकले आआफ्नै विश्लेषण सुनाउँछन् । कसैले भन्छन् चुनाव हुन्छ, कसैले भन्छन् हुँदैन । तर्क, आशंका र विचार...
सर्वपक्षीय बैठकमा प्रधानमन्त्रीले के भनिन् ?

सर्वपक्षीय बैठकमा प्रधानमन्त्रीले के भनिन् ?

प्रधानमन्त्री कार्कीले भनिन्,“निर्वाचनका सवालमा धेरैले सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको छ । सरकार सम्पूर्ण रूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेको छ । सबै राजनीतिक दलले एकजुट भएर अगाडि बढे यहाँ...
निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ

निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ

“सत्तरी असी वर्ष पुराना पार्टीहरुलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस यस पार्टीले गरेको छ”, उनले भने ।