नेभिगेशन
मुख्य समाचार

सर्वपक्षीय बैठकमा प्रधानमन्त्रीले के भनिन् ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गरेकी छिन् ।
सिंहदरबारमा आज निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकारभएकाहरूबीच भएको बैठकमा उनले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पारिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्,“निर्वाचनका सवालमा धेरैले सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको छ । सरकार सम्पूर्ण रूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेको छ । सबै राजनीतिक दलले एकजुट भएर अगाडि बढे यहाँ कुनै आतङ्ककारी वा अपराधीले हमला गर्न सक्दैन । त्यसैले मेरो अनुरोध छ, सबै निर्वाचनमा आइदिनुहोस् ।”

CG

उनले निर्वाचनमा सहभागी नभएका दललाई पनि शान्ति र लोकतन्त्रका लागि निर्वाचन प्रक्रियामा आउन आग्रह गरिन् । मुलुकका ११४ वटै राजनीतिक दल एकजुट भए देशमा अशान्तिको कुनै सम्भावना नरहने भन्दै प्रधानमन्त्री कार्कीले शान्ति कायम गर्न दल, जेनजी प्रतिनिधि, नागरिक समाज, सञ्चारमाध्यम र कर्मचारीलाई आह्वान गरिन् ।

“सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पर्ने काम कसैले नगरौँ,” उनले भनिन्, “हामीसँग भएको समयलाई उपयोग गरेर निर्वाचनमा सहभागी होऔँ ।”

प्रधानमन्त्री कार्कीले विगतमा भएका त्रुटि र गल्तीका कारण भदौ २३ र २४ का घटना घटेको भन्दै त्यसबाट उत्पन्न आवेग र आलोचनालाई सरकारले सामना गरिरहेको बताइन् । ती घटनाले जनतामा गहिरो प्रभाव पारेको उल्लेख गर्दै उनले सरकार र राजनीतिक दलले जनतालाई दिने सन्देश तथा परिवर्तनको उद्देश्यबारे गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औँल्इन् ।

“जेनजी र युवा पुस्ताले खोजेको परिवर्तन बुझ्नु अहिलेको मुख्य प्राथमिकता हो । जनताले परिवर्तन चाहेका छन्, त्यसैले राजनीतिक दललगायत सबै सच्चिनै पर्छ,” प्रधानमन्त्री कार्कीले जोड दिँदै भनिन् “हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ । देशमा शान्ति र स्थायित्व कायम गर्ने सर्तमा हामी सबैले आफ्ना स्वार्थ त्याग्नुपर्छ, त्यसैमा मुलक र हामी सबैको भलाइ छ ।”
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
महावीर पुनले भने: 'विदेशमा बस्नेले भोट हाल्न पाउने छाँट छैन, केके अभियान चलाउने हो चलाउनु'

महावीर पुनले भने: 'विदेशमा बस्नेले भोट हाल्न पाउने छाँट छैन, केके अभियान चलाउने हो चलाउनु'

बैठकबाट निस्किँदै गर्दा मन्त्री पुनले भने, 'विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने छाँट छैन । अब विदेशमा बस्ने नेपालीहरूले केके अभियान चाल्नुपर्ने हो, तपाईँहरूको आआफ्नो क्षेत्रबाट चाल्नुस्...
रवि र बालेनको भेटवार्ता

रवि र बालेनको भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ । रास्वपाका सभापति लामिछाने सहित उपसभापति डिपी अर्याल सहभागी छन् ।
‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’

‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’

यसरी गफ गर्नेमा शिक्षक, कर्मचारी, राजनीतिकर्मी र अगुवा नागरिक हुन्छन् । हरेकले आआफ्नै विश्लेषण सुनाउँछन् । कसैले भन्छन् चुनाव हुन्छ, कसैले भन्छन् हुँदैन । तर्क, आशंका र विचार...
नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः शेरधन राई

नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः शेरधन राई

कोशी प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहेका राईले प्रदेश सरकार चाँडै पुनर्गठन हुने समेत बताए । उनले यसअघि नै पुनर्गठनको तयारी गरिए पनि महाधिवेशनलगायतका कारणले ढिलाइ भएकाले अब चाँडै...