नेभिगेशन
मुख्य समाचार

महावीर पुनले भने: 'विदेशमा बस्नेले भोट हाल्न पाउने छाँट छैन, केके अभियान चलाउने हो चलाउनु'

काठमाडौँ । विदेशमा बस्ने नेपालीहरूले आगामी निर्वाचनमा भोट हाल्ने पाउने सम्भावना कम भएको सरकारका शिक्षा मन्त्री महावीर पुनले बताएका छन् । 
सोमबार सिंहदरबारमा भएको सर्वपक्षीय छलफलपछि मन्त्री पुनले विदेशमा बस्ने नेपालीले चुनावमा भोट हाल्ने पाउने छाँट नदेखिएको बताए । बरु विदेशमा बस्ने नेपालीहरूले भोट हाल्न पाउनु पर्ने माग गर्दै अभियान चलाउन सुझाव दिएका छन् । 

बैठकबाट निस्किँदै गर्दा मन्त्री पुनले भने, 'विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने छाँट छैन । अब विदेशमा बस्ने नेपालीहरूले केके अभियान चाल्नुपर्ने हो, तपाईँहरूको आआफ्नो क्षेत्रबाट चाल्नुस् । यहाँको सरकारको पनि र यहाँको नेताहरूको पनि ढङ्ग देखिएन ।'

CG

उनले आजको बैठकले समेत कुनै ठोस निष्कर्ष निकाल्न नसकेको उल्लेख गर्दै बैठक खरानीको डल्लो जस्तो भएको टिप्पणी पनि गरे । उनले भने 'नेपालीको सल्लाह खरानीको डल्ला जस्तो भयो,आजको सल्लाह खरानीको डल्ला जस्तो भयो।'
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि र बालेनको भेटवार्ता

रवि र बालेनको भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ । रास्वपाका सभापति लामिछाने सहित उपसभापति डिपी अर्याल सहभागी छन् ।
‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’

‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’

यसरी गफ गर्नेमा शिक्षक, कर्मचारी, राजनीतिकर्मी र अगुवा नागरिक हुन्छन् । हरेकले आआफ्नै विश्लेषण सुनाउँछन् । कसैले भन्छन् चुनाव हुन्छ, कसैले भन्छन् हुँदैन । तर्क, आशंका र विचार...
सर्वपक्षीय बैठकमा प्रधानमन्त्रीले के भनिन् ?

सर्वपक्षीय बैठकमा प्रधानमन्त्रीले के भनिन् ?

प्रधानमन्त्री कार्कीले भनिन्,“निर्वाचनका सवालमा धेरैले सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको छ । सरकार सम्पूर्ण रूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेको छ । सबै राजनीतिक दलले एकजुट भएर अगाडि बढे यहाँ...
नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः शेरधन राई

नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः शेरधन राई

कोशी प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहेका राईले प्रदेश सरकार चाँडै पुनर्गठन हुने समेत बताए । उनले यसअघि नै पुनर्गठनको तयारी गरिए पनि महाधिवेशनलगायतका कारणले ढिलाइ भएकाले अब चाँडै...