नेभिगेशन
समाज

महावीर पुनले भने: 'विदेशमा बस्नेले भोट हाल्न पाउने छाँट छैन, केके अभियान चलाउने हो चलाउनु'

काठमाडौँ । विदेशमा बस्ने नेपालीहरूले आगामी निर्वाचनमा भोट हाल्ने पाउने सम्भावना कम भएको सरकारका शिक्षा मन्त्री महावीर पुनले बताएका छन् । 
सोमबार सिंहदरबारमा भएको सर्वपक्षीय छलफलपछि मन्त्री पुनले विदेशमा बस्ने नेपालीले चुनावमा भोट हाल्ने पाउने छाँट नदेखिएको बताए । बरु विदेशमा बस्ने नेपालीहरूले भोट हाल्न पाउनु पर्ने माग गर्दै अभियान चलाउन सुझाव दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकबाट निस्किँदै गर्दा मन्त्री पुनले भने, 'विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने छाँट छैन । अब विदेशमा बस्ने नेपालीहरूले केके अभियान चाल्नुपर्ने हो, तपाईँहरूको आआफ्नो क्षेत्रबाट चाल्नुस् । यहाँको सरकारको पनि र यहाँको नेताहरूको पनि ढङ्ग देखिएन ।'

Ncell
Extreme Energy

उनले आजको बैठकले समेत कुनै ठोस निष्कर्ष निकाल्न नसकेको उल्लेख गर्दै बैठक खरानीको डल्लो जस्तो भएको टिप्पणी पनि गरे । उनले भने 'नेपालीको सल्लाह खरानीको डल्ला जस्तो भयो,आजको सल्लाह खरानीको डल्ला जस्तो भयो।'
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।