नेभिगेशन
समाज

रवि-बालेन ५ घण्टा ‘वान टु वान’ वार्तामा के-के भयाे कुराकानी ? (भिडियो)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बिच ५ घण्टा वान टु वान वार्ता भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको कमलपोखरीस्थित रास्वपा नेता असीम शाहको निवासमा साँझ ६ बजेबाट वार्ता सुरु भएको थियो । वार्ताका लागि रवि लामिछाने सहित रास्वपा उपसभापति डीपि अर्याल र पूर्व सांसद असीम शाह सहभागी थिए भने बालेन सहित उनका सल्लाहकार कुमार बेन सहभागी थिए।

Ncell
Extreme Energy

rabi-and-balen_sidhakura-1766433293.jpg
स्रोतका अनुसार ६ घण्टासम्म चलेको वार्ताका क्रममा करिब ५ घण्टा रवि र बालेन एक्ला एक्लै वार्ता गरेका थिए । त्यसअवधिभर अन्य नेताहरू छुट्टै बसेका थिए । सिधाकुरालाई स्रोतले बताएअनुसार रवि र बालेन बिच व्यक्तिगत जीवनका उतार चढाबबाट सुरु भएको कुराकानी वर्तमान राजनीतिक परिस्थिति र भविष्यमा सहकार्यका सहमतिसम्म पुगेर टुङ्गिएको थियो। 

केही दिन अघि मात्रै बुबा गुमाएका बालेन र २ सय ६० दिन कारागार बसेर निस्किएका रविबीच व्यक्तिगत र भावनात्मक कुराहरू  पनि भएका थिए ।
उच्च स्रोतकाअनुसार रवि र बालेन वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै मुलुकको परिवर्तनका लागि आगामी निर्वाचनमा मात्र नभई दीर्घकालीन रुपमा सँगै मिलाएर जाने विषयमा छलफल सकारात्मक छ। 

rabiandbalen_sidhakura-1766436063.jpg
बैठक सकिएपछि प्रतिक्रिया दिँदै रास्वपा नेता शाहले भने दुई दाजु भाइको लामो प्रतीक्षापछिको भेट भएको बताए। ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन-दुई दाजु-भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपाली लाई बधाई’ रास्वपा नेता शाहले लेखेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीले दूध बेचेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न हुन बाँकी वडा अधिवेशन सोमबार हुने भएको छ।