नेभिगेशन
मुख्य समाचार

रवि र बालेनको ५ घण्टा 'वान टु वान वार्ता', के भयो कुरा ? (भिडियोसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौँ महानगरपालिका मेयर बालेन शाह बिच ५ घण्टा वान टु वान वार्ता भएको छ । 

काठमाडौँको कमलपोखरीस्थित रास्वपा नेता असीम शाहको निवासमा साँझ ६ बजेबाट वार्ता सुरु भएको थियो । वार्ताका लागि रवि लामिछाने सहित रास्वपा उपसभापति डीपि अर्याल र असीम शाह सहभागी थिए भने बालेन सहित उनका सल्लाहकार कुमार बेन सहभागी थिए । 

CG

स्रोतका अनुसार ६ घण्टासम्म चलेको वार्ताका क्रममा करिब ५ घण्टा रवि र बालेन 'वान टु वान' वार्ता गरेका थिए । त्यसअवधिभर अन्य नेताहरू छुट्टै बसेका थिए । 

सुरुवातमा रवि र बालेन बिच व्यक्तिगत कुराकानी भएका थिए । केही दिन अघि मात्रै बाबु गुमाए बालेन र २ सय ६० दिन कारागार बसेर निस्किएका रविबिच भावनात्मक कुराहरू  भएका थिए ।  त्यसपछि भने देशलाई राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ । वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै मुलुकको परिवर्तनका लागि आगामी निर्वाचनमा मात्र नभई दिर्घकालिनरुपमा सँगै जाने विषयमा छलफल भएको बताइएको छ । 
बैठक सकिएपछि प्रतिक्रिया दिँदै रास्वपा नेता शाहले भने यो लामो प्रतीक्षापछिको भेट भएको बताए ।

सबैको आशा र अपेक्षा अनुसार नै देश बनाउन मिलेर जानुपर्छ भन्ने भावले वार्ता भएको बताए । उनले भने दाजु भाइ एक ठाउँमा बसेर सौहार्द संवाद भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मध्यरातमा सकियो रवि र बालेनको बैठक, एउटै गाडीमा सवार

मध्यरातमा सकियो रवि र बालेनको बैठक, एउटै गाडीमा सवार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका मेयर बालेन शाहको मध्यरातमा सकिएको छ । वार्ता सकिएपछि रवि र बालेन एउटै गाडीमा निस्किएका छन् ।
हामी सबै एकै ठाउँमा हुने हो, तर आजको रवि-बालेन  वार्तामा म छैन: कुलमान

हामी सबै एकै ठाउँमा हुने हो, तर आजको रवि-बालेन वार्तामा म छैन: कुलमान

‘म अहिले त्यो वार्तामा छैन् तर हामी सबै वैकल्पिक शक्ति एक भएरै जाने हो,’ उनले भने, ‘उहाँहरु वार्तामा हुनुहुन्छ मेरो शुभेक्षा छ।’
महावीर पुनले भने: 'विदेशमा बस्नेले भोट हाल्न पाउने छाँट छैन, केके अभियान चलाउने हो चलाउनु'

महावीर पुनले भने: 'विदेशमा बस्नेले भोट हाल्न पाउने छाँट छैन, केके अभियान चलाउने हो चलाउनु'

बैठकबाट निस्किँदै गर्दा मन्त्री पुनले भने, 'विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने छाँट छैन । अब विदेशमा बस्ने नेपालीहरूले केके अभियान चाल्नुपर्ने हो, तपाईँहरूको आआफ्नो क्षेत्रबाट चाल्नुस्...
रवि र बालेनको भेटवार्ता

रवि र बालेनको भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ । रास्वपाका सभापति लामिछाने सहित उपसभापति डिपी अर्याल सहभागी छन् ।