नेभिगेशन
समाज

उच्चस्तरीय राजनीतिक संवाद समितिद्वारा कांग्रेसको पार्टी कार्यालय निरीक्षण

काठमाडौँ । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले नेपाली कांग्रेसको पार्टी कार्यालयको निरीक्षण गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न गठन गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिले मंगलबार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको कांग्रेस पार्टी कार्यालयको निरीक्षण गरेको हो ।

Ncell
Extreme Energy

निरीक्षणका क्रममा समितिका सदस्य सञ्चारमन्त्री जगदिश खरेलले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न राजनीतिक दलहरुको साथ र सहभागिता अपरिहार्य रहेको बताए ।  सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा सरकार गम्भीरताका साथ अघि बढिरहेका उनको भनाइ छ । जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालय ध्वस्त भएको अवस्थामा पनि दलहरुको साथ रहेको भन्दै उनले आगामी चुनाव सुनिश्चित गर्नका लागि दल र सरकारबीच दोहोरो संवादको प्रयास गरिएको धारणा राखे । 

Sarkari-Anugaman-Team_-sidhaklura-2-1766479072.jpg
 

त्यस्तै समितिका संयोजक कानुनमन्त्री अनिल सिन्हाले आन्दोलनका क्रममा पार्टी भवनमा क्षति पुगेपनि मुलुकलाई निकास दिन दलहरुको भूमिका अपरिहार्य हुने बताए । उनले चुनावलाई सहज रुपमा अघि बढाउनका लागि दलहरुको अपेक्षा पुरा गर्न सरकार तयार रहेको उल्लेख गरे । 

छलफलका क्रममा कांग्रेस उपसभापति धनराज गुरुङले पार्टी चुनावबाट नभाग्ने भन्दै निष्पक्ष र सुरक्षित तवरले निर्वाचन सम्पन्न गर्न उचित वातावरण बनाउनुपर्नेमा जोड दिए । सरकारले चुनावको रटान लगाएपनि तयारीमा केही कमजोरी भएको महशुस भएको उनले बताए । गुरुङले सरकारसँग सहमति गरेका युवाहरुले नै चुनाव हुन दिन्नौँ भनेर हिंडेको भन्दै उनीहरुलाई समेत विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए । 

Sarkari-Anugaman-Team_-sidhaklura-3-1766479071.jpg
त्यसैगरि उनले सुरक्षा निकायको मनोबल उच्च बनाउँदै फागुन २१ लाई अर्जुनदृष्टि बनाएर अघि बढ्न आग्रह गरे । दलहरु र सरोकारसँग छलफल गर्न मन्त्रिपरिषद् बैठकले केहिदिन अघि तीन सदस्यीय उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो । समितिमा सञ्चारमन्त्री खरेल, कानुनमन्त्री सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् । 

Sarkari-Anugaman-Team_-sidhaklura-4-1766479071.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।