नेभिगेशन
मुख्य समाचार

बालेनसँगको भेटबारे रवि लामिछाने के भन्छन् ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले काठमााडौँ महानगरका मेयर बालेनसँगको भेटघाटमा पद बाँडफाडको विषयमा कुरा नभएको बताएका छन् । चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले अहिले आफूहरु त्यस चरणमै नपुगेको बताएका छन् । 

बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो? भन्ने प्रश्नमा लामिछानले भने, ‘हामी त्यसचरणमा प्रवेश गरेका छैनौँ। पहिले एक अर्कालाई बुझ्नुपर्‍यो । एक अर्कासँग परिस्थिति पारे जानकारी लिने अवस्थामा छौँ, यसका लागि हतार नगर्नुस् ।'

CG

उनले फेरि पनि छलफलको तयारी भएको र त्यसपछिमात्रै राजनीतिक छलफलको चरणमा प्रवेश गर्ने बताए । साथै उनले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको बताएका छन् । 

‘नयाँ र वैकल्पिक भनिएकाहरूलाई संवादमार्फत एकै ठाउँमा प्रयासस्वरुप हामी लागिरहेका छौँ। टुंगोमा पुग्ने गरी काम गरिरहेका छौँ,’ उनले भने । उनले हामी नेपालीका सुदन गुरुङ र ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफलको तयारी भएको बताए ।

‘अरुसँग पनि कुरा भएको छ । सुदन गुरुङजीसँग, कुलमानजीसँग पनि कुरा गर्छौँ,’ उनले भने, ‘रास्वपाले गर्छ नै । यो रास्वपाको जिम्मेवारी नै हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...
भदौ २३ नरसंहारका जिम्मेवार काङ्ग्रेस एमाले बर्चस्वको संसद पुनर्स्थापना हुँदैनः उपसभापति स्वर्णिम वाग्ले

भदौ २३ नरसंहारका जिम्मेवार काङ्ग्रेस एमाले बर्चस्वको संसद पुनर्स्थापना हुँदैनः उपसभापति स्वर्णिम वाग्ले

‘भदौ २३ गतेको नरसंहारका लागि जिम्मेवार एमाले काङ्ग्रेस सरकार र तिनै दुई दलको वर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्णत सकिएकाले त्यसको पुनर्स्थापना हुँदैन,’ वाग्लेले भनेका छन्, ‘फागुन २१...
पार्टी अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा निर्वाचनमा जान सकिदैनः एमाले

पार्टी अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा निर्वाचनमा जान सकिदैनः एमाले

मंगलबार पार्टी कार्यालय च्यासलमा सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिसंगको छलफलका क्रममा एमालेले नेताहरुलाई स्थानहद तोक्ने र राजनीतिक गतिविधिमा अवरोध गर्ने कार्यले निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको...

भर्खरै